प्रस्तावित दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आज
काठमाडौं :प्रस्तावित दुई निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ आज हुने भएको छ। त्यसका लागि मंगलबार बिहान ११:१५ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।
यसअघि ५ साउनमा सिंहदरबारमा बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते गर्ने निर्णय गरेको थियो। प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ भने भोलि हुने भएको छ।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयुक्त पदमा डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्ले र प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !