रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले साउन १३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार पार्टी कार्यालय वनस्थलीमा विहान ११ बजेदेखि बैठक बस्नेछ।
बैठकमा मुख्यतः चार एजेण्डामा छलफल हुने महासचिव विपिन आचार्यले जानकारी दिए। उनका अनुसार बैठकमा हालै सम्पन्न भएको महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा छलफल हुनेछ।
रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भए पनि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन।
प्रतिक्रिया दिनुहोस !