धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु
सांकेतिक तस्बिर

धनगढी  : धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले आत्मदाह प्रयास गरेका धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरीको उपचार लागि काठमाण्डौं लैजाने बेला बाटोमै मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगलागीपछि परिवारका सदस्यले तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।

गम्भीर अवस्थाका चौधरीलाई थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो। तर आफन्तले काठमाडौंस्थित अस्पताल लैजाने निर्णय गरेपछि एम्बुलेन्समार्फत लैजाँदै गर्दा आइतबार राति बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार सोमबार बिहान करिब ७ बजे आफन्तले घटनाबारे प्रहरीलाई जानकारी दिए। आत्मदाहको कारणबारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.