यौन दुव्र्यवहार गरेको अभियोगमा १५ वर्षे बालकलाई कैद
गाईघाट : तीन वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा धरौटीमा रिहा भएका १५ वर्षीय एक बालकलाई जिल्ला अदालत उदयपुरले सजाय सुनाएको छ ।
कसुरदारले यौनदुव्र्यवहार गरेको कसुर ठहर गर्दै ९ महिना बालसुधार गृहमा बसी कैद भुक्तान हुने गरी फैसला सुनाइएको हो । कसुरदारले पीडितलाई ०७५ भदौ २६ गते यौनदुव्र्यवहार गरेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
पीडितको निवेदनपछि भदौ ३० गते पक्राउ परेका कसुरदारलाई अदालतले असोज २२ गते ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (१) विपरित बालविज्याई गरेकोमा सोही दफा २२५ (३) अनुसार १ बर्ष ६ महिना सजाय हुने व्यवस्था छ ।
सोही दफाअनुसार कसुरदार नावालक ठहरिएकाले उमेर पुगेकाको हकको आधा सजाय हुने व्यवस्था रहेकाले ९ महिना कैदको फैसला सुनाइएको श्र्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।