न्यूयोर्कमा मिथिला चित्रकल महोत्सव

न्यूयोर्कमा मिथिला चित्रकल महोत्सव

अमेरिका : नेपालको मौलिकता, संस्कृतिको प्रशंसा विश्वमञ्चमा मुक्त कण्ठले हुने गर्दछ। प्राकृतिक सौन्र्दयतले भरिपूर्ण नेपाल र नेपालीकला संस्कृति विश्व समाजले सम्मानका साथ हेर्ने गरेको पाइन्छ। 

हिमाल पहाड र तराई मिलेर बनेको देशमा रहेका सयौंको संख्यामा जाति र तिनले अवलम्बन गर्ने धर्म, जातिय मौलिकता, सांस्कृतिक विविधताको संगमस्थल नेपाल भएको संस्कृतिकर्मीको ठम्याई छ। 

यहीकला संस्कृतीलाई विश्वभर छरिएर रहेका नेपालीले संरक्षण तथा प्रवद्धन गरिरहेका छन्। नेपालको विशेषगरी तराई क्षेत्रको मौलिक संस्कृति, धार्मिक आस्था, पौराणिक महत्व झल्काउने उद्देश्यले विश्वको राजधानीका रुपमा मानिने न्यूयोर्कमा प्रथम मिथिला महोत्सव आयोजना गरिएको छ। 

प्रकृति, नारीको सौन्र्दयता, मौसम परिर्वतन, प्रकृतिमा परेको नकारात्मक प्रभाव, भगवानप्रतिको आस्था, जैविक विविधता, कला संस्कृति, नेपाली रहनसहन, पर्यटन विकास, वैवाहिक प्रचलन, पाहुनालाई गरिने स्वागतलगायतका संदेशमुलक चित्रहरु राखेर  महोत्सवको आयोजना गरिएको छ। 

जहाँ विश्वभरका मानिसले अवलोकन गरेर नेपाल तथा विशेषगरी तराई क्षेत्रलाई बुझ्ने अवसर पाएका छन्। यस महोत्सवलाई अवलोकन गर्न अहिलेसम्म करिब १२ भन्दा बढी देशका राजदूत समेत पुगेर नेपाललाई चित्रमा नियालिरहेका छन्।

नेपालको भ्रमण वर्ष सफल बनाउन,धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा चर्चित जनकपुर क्षेत्रको विकासमा टेवा पुराउन यस्तो महोत्सवको आयोजना गरिएको आयोजनले जानकारी गराएका छन्। 

यसलाई उद्घाटन गर्न जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर शाह न्यूयोर्क आएका थिए। उनले नेपालीहरुले नेपालको मौलिकता संस्कृतिको संरक्षण गरेको भन्दै खुसी व्यक्त गरे।उनले यसलाई निरन्तरता दिन आग्रह समेत गरे। 

आयोजक संस्थाका कार्यकारी निर्देशक अमित शाहले देशको मौलिकता विश्व समुदायलाई चिनाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको जनाए। विगत ३१ वर्षदेखि मिथिला आर्ट गर्दै आएका अजित कुमार शाहले यो प्रथम मिथिला महोत्सवले विशेषगरी तराई क्षेत्रको मौलिकता र संस्कृति संरक्षण गर्नमा टेवा पुग्ने विश्वास व्यक्त गरे। 

संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख अमृतबहादुर राईले विदेशमा यस्ता मेलाहोत्सवको आयोजना हुनु आफैमा गौरवको विषय भएको उल्लेख गर्दै, यसले संस्कृतिको संरक्षण गर्नुका साथै पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएका छन्। 

संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग र मिथिला आर्ट एण्ड कल्चर सेन्टरको संयुक्त आयोजना भएको महोत्सव न्यूयोर्कमा ५ दिनसम्म चल्नेछ।नारी विकास केन्द्रका महिला कलाकारका १७ वटा र कलाकार अजित शाहका १३ वटा कलाकृति प्रर्दशनका लागि महोत्सवमा राखिएको छ। महोत्सवमा राखिएका चित्रहरु अधिकाशं संयुक्त राष्ट्र संघको दीर्घ कालिन विकास लक्ष्यसँग सम्बन्धित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.