वैदेशिक विभागका अधिकृतसहित दुईजना विरुद्ध मुद्दा दायर
काठमाडौं : वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौंका शाखा अधिकृतसहित दुईजना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियारले दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत जगतबहादुर बोहरा र नायब सुब्बा रामकुमार फुयाँलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
विचाराधिन रहेको वैदेशिक रोजगारसम्बन्धी मुद्दालाई मिलाइ दिने भनेर सुब्बा फुयाँलले निवेदक रविन्द्र अधिकारीबाट ६० हजार घुस लिएका थिए।
सुब्बा फुयाँललाई पक्राउ गरी अनुसन्धान हुँदा शाखा अधिकृत बोहराको समेत संलग्नता देखिएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।