ओली सरकाले एक वर्षमा काम हैन उखान टुक्का मात्रै हान्याे : शेरबहादुर देउवा

ओली सरकाले एक वर्षमा काम हैन उखान टुक्का मात्रै हान्याे :  शेरबहादुर देउवा

बनेपा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षमा एउटा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

विकास र समृद्धिको सट्टा हत्या र बलात्कार मात्र बढेको आरोप उनको छ । सरकारले अधिनायकवाद बढाउँदै जनताको अधिकार खोसेको पनि उनले बताए ।

बुधबार काभ्रेको भकुण्डेबेसीमा कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय शिलान्यास तथा वृहत आमसभामा बोल्दै सभापति देउवाले सरकारले एक वर्षमा एउटा पनि देखाउन लायक काम गर्न नसकेको बताएका हुन् ।

‘ओली सरकाले काम होइन उखान टुक्का मात्र हान्ने काम गर्‍याे,’ देउवाले भने, ‘बोलेका काम कुनै पूरा गर्न सकेको छैन । एक वर्ष भयो सरकारले अधिनायकबाद, हत्या हिंसा र बलात्कारीको संरक्षणमा लागेको छ ।’

यसबाहेक नेता देउवाले निर्मला पन्तको हत्याराको संरक्षणमा सरकार लागेको पनि आरोप लगाए । ‘हत्या हिंसा बलात्कार नियन्त्रण गर्न नसक्ने सरकारबाट के अपेक्षा गर्न सकिन्छ आफैँ हत्यारा बलात्कार र भष्ट्रचारीको संरक्षणमा लागेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.