गुल्मी जीप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईजनाको मृत्यु (अपडेटसहित )

गुल्मी जीप दुर्घटनामा पूर्वसांसद भण्डारीसहित दुईजनाको मृत्यु (अपडेटसहित )

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका-१ पौदी अमराइमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ८जना घाइते भएका छन्।

दर्लिङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज, १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणी भन्डारी र १३ वर्षीय बालक ओस्कार विकको निधन भएको वडा नम्बर १ का अध्यक्ष पूर्णबहादुर हितानले जानकारी दिए।

घाइते पुरीको उपचार गराउन लैजाने क्रममा निधन भएको हो। त्यस्तैगरी अन्य ७ जना घाइतेहरुको वामीस्थित लुम्बिनी वामी हस्पिटलमा उपचार भैरहेको छ।

घाइते हुनेमा मालिका गाउँपालिका २ का ३२ वर्षीय सूर्यबहादुर थापा,सोही ठाउँकै २६ वर्षीया कौशिला थापा, ३ वर्षीया कृतिमा थापा,५ वर्षीय जेनिस थापा,१८ वर्षीय नरेन्द्र श्रीष,मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भटराई र सोही ठाउँकी ३८ वर्षीया रिमा भट्टराई  र चालक कमल पुरी गम्भीर घाइते छन्।

सडक बिग्रिएपछि अर्को सडकबाट जाने क्रममा मोड काट्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ। पौदी अमराइको चैन्डाडा भने ठाउँमा छत्र निमाबीभन्दा केही तलपट्टी सडकबाट करिब १३० मिटर तल गाडी खसेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.