अवैध सुन र लागुऔषधसहित दुई पक्राउ

अवैध सुन र लागुऔषधसहित दुई पक्राउ

सिरहा : प्रहरीले सिरहामा अवैध सुन र लागुऔषधसहित छुटाछुट्टै स्थानबाट दुईजनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका- २ का २५ वर्षीय मोहमद अकरामुल र उदयपुरको गढी गाउँपालिका ७ का २६ वर्षीय भरत तामाङ्ग रहेका छन्।

सिरहा नगरपालिका २१ स्थित पिप्रा टोलमा प्रहरीले चेकजाँचको क्रममा ५० ग्राम सुनसहित स६प ६८०१ नम्बरको मोटरसाइकलमा सवार अकरामुललाई पक्राउ गरेको हो। उनको साथबाट सुनको बील भेटेको थिएन।

यसैगरी, प्रहरीले लहान नगरपालिका- ३ स्थित ठाडी चौकबाट चेकजाँचको क्रममा तामाङ्गलाई पक्राउ गरेको हो। उनको साथबाट फेनारगन ५० एम्पुल, नुफिन ५२ एम्पुल, डाइजिल्याब ६० एम्पुल र नाईट्रोजन ७५ चक्की लागुऔषध बरामद भएको सिरहा प्रहरी प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी गराए।पक्राउ परेका तामाङ्ग भारतीय बजारबाट लागुऔषध खरिद गरेर लहान आएका थिए।

सुनसहित पक्राउ परेका अकरामुलको साथबाट उक्त परिमाण सुनको बील नभेटेपछि कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको डिएसपी खरेलले बताए। लागुऔषधसहित पक्राउ परेका तामाङ्गमाथि लागुऔषध मुद्दामा अनुसन्धान बढाइएको उनले जानकारी गराए ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.