पूरै गाउँ लालपूर्जाविहीन

पूरै गाउँ लालपूर्जाविहीन

अछाम : अछाम मेल्लेख गाउँपालिका-३ ठाँटीका वासिन्दा लालपूर्जाविहीन छन्।तीन दशकमा तीनै पटक जग्गाको नाप नक्सा हुँदा पनि स्थानीयले हालसम्म जग्गाधनी पूर्जा पाउन नसक्दा समस्या भएको छ।

२०४५÷०४६ सालमा तत्कालिन ठाँटी गाविसको पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भए पनि छिमेकी कुस्कोट गाविस वडा नम्बर ३ सँगको सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो। 

जग्गाको कुनै प्रमाण नहुँदा करिब चार सय घरधुरी कानुनीरुपमा जग्गा कारोबार गर्न सकिरहेका छैनन्। तत्कालिन दुई गाविस बीचको सीमा विवाद भेलाबाट ०५५ सालमा आएर दुबै गाविसले आधा-आधा जग्गा लिने गरी सहमति भएको र सहमति पछि ०५५ सालमै सबै जग्गाको नाप नक्सा सम्पन्न भएको ठाँटीका नरेन्द्र नेपालीले बताए।

जग्गाको सबै नाप जाँच कार्य सकिएर मालपोतले जग्गा दर्ताका लागि सात दिने सूचना निकाले पनि जग्गा दर्ता गर्न मालपोत जाँदा कार्यालय प्रमुख नहुँदा दर्ता हुन नसकेको स्थानीय शंकर शाहले बताए।'देशमा सशस्त्र द्वन्द्व चल्यो र ०५८ सालमा सदरमुकाम ध्वस्त हुँदा भएभरका सबै प्रमाण नष्ट भए, लालपूर्जा नहुँदा निकै समस्या भएको छ,' उनले भने।

तत्कालिन माओवादीको आक्रमणबाट जिल्ला सदरमुकाममा रहेको नापी मालपोत कार्यालय ध्वस्त भएपछि जग्गा सम्बन्धि अभिलेख नष्ट हुँदा जग्गा दर्ताको प्रक्रिया पनि अवरुद्ध बनेको थियो।

पछिल्लो सयम विशेष नापी टोलिले ०७२ सालमा जग्गाको पुनः नाप नक्सा गरी आफूसँग भएका आधार प्रमाण ल्याएर जग्गा दर्ताका लागि आउन सूचना जारी गरेपनि प्रमाण नहुँदा जग्गाको पूर्जा लिन नसकिएको वडा अध्यक्ष केशबहादुर शाहले बताए।

'नापी टोलिले पुरानो जग्गा सम्बन्धी कागजपत्र खोज्दा नभेटिएपछि कसैको पनि जग्गा दर्ता हुन सकेको छैन, सशस्त्र द्वन्द्वको कारणले पूरै जिल्लाको जग्गासम्बन्धी प्रमाण नष्ट भएकाले जग्गा दर्ताका लागि मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने देखिएको छ,' उनले भने।

जग्गा दर्ता प्रक्रिया पूरा गर्न स्थानीय विभिन्न ठाउँमा पहल गर्दा पनि हालसम्म कुनै निर्णय हुन नसकेको स्थानीय हेमराज शाहले बताए। पछिल्लो समय अछाम जिल्लाभर नापनक्सा भएपनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपूर्जा वितरण गर्न नसकेको नापी कार्यालयले जनाएको छ। 

पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे भए पनि घरजग्गाको स्वामित्व आफूहरूसँग नहुँदा बेचबिखन गर्न र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत नपाएको स्थानीय रामबहादुर शाहले गुनासो गरे। 'कानुनीरूपमा हामीसँग नागरिकता छ, तर बसोबास गरेको घरजग्गाको लालपूर्जा छैन,आफू बसेको घरजग्गाको कानुनी कागजात नहुँदा अप्ठेरो परेको छ,' उनले भने। 

स्थानीय बासिन्दालाई जग्गाधनी प्रमाण पूर्जा दिलाउन आफ्नो तर्फबाट काम गरिरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.