अनुदारको हद

अनुदारको हद

केही महिनादेखि महिनावारीको समयमा अलि बढी नै पीडा भएपछि डाक्टरको सल्लाहले औषधि खाइरहेकी थिएँ। तर खासै सुधार नआएपछि गुगल तथा युट्युबमा यसबारे खोज्न थालेँ। यसै क्रममा मैले थाहा पाएँ, ‘यौनका कुरा’, ‘साथीसँग यौनका कुरा’ जस्ता यौन जिज्ञासा र जवाफसँग सम्बन्धित नेपाली भाषाका कार्यक्रमहरू युट्युबमा प्रशस्त रहेछन्। केही टेलिभिजन च्यानलबाट पनि प्रसारण हुने रहेछन्। यस्ता केही कार्यक्रममा राखिएका जिज्ञासा, जिज्ञासाको प्रस्तुतीकरण र ती कार्यक्रमका शीर्षकहरू देखेपछि महसुस भयो— समाजमा कति धेरै यौनकुण्ठाहरू रहेछन्। यिनै कुण्ठाले त बढाइरहेछ बलात्कार र यौन दुव्र्यवहारका घटना। केले बढाउँछन् त यस्ता कुण्ठाहरू ? 

अझै पनि अधिकांश नेपाली घरपरिवारमा यौनबारे कुराकानी बर्जित जस्तै छ। न घरमा कुरा हुन्छ यसबारे, न त विद्यालयमा राम्रो पढाइ। यसै विषयमा घरमा छलफल चल्यो, अनुभव साटासाटा गर्‍यौं। विद्यालयका पाठ्यपुस्तकहरूमा प्रजनन तथा यौन शिक्षा विषयक च्याप्टरहरू राखिए पनि शिक्षकहरू खासै पढाउँदैनथे। हाम्रो पालामा त ‘यो च्याप्टर आफैं पढ’ भनेर भन्थे सरहरू। केही केटाहरू प्रजनन अंगका चित्रहरू बनाउँथे र आफूआफू खुब हाँस्थे। केटीहरूबीच भने खासै कुरा हुन्थेन। छोराको बाबाले भन्यो, ‘हाम्रोमा भने सरहरूले खुलेरै पढाउँथे तर यो च्याप्टर सुरु हुनेबित्तिकै केटीहरू मुख छोपेर बस्थे ।’
छलफलमा सहभागी मभन्दा झन्डै १२ वर्षपछि स्कुल पढेकी दाइकी छोरीले भनी, ‘हामीलाई त हेल्थ, मेडमले पढाउनुहुन्थ्यो, केटाहरूले जिस्क्याएर हैरान ।’

‘कसरी ?’ मैले सोधेँ। 
‘मेडम आफ्नो अनुभव सुनाउनुस् न भन्दै हाँसेको हाँस्यै गर्थे केटाहरू’, छोरी। 
‘अनि तिमीहरू हाँस्थेनौ त ?’ म ।
‘कहाँ हास्नु नि ?’ छोरी ।
‘किन हाँसो लाग्थेन त ?’ म ।
‘लाग्थ्यो नि किन नलाग्नु। कहिलेकाहीँ त सम्झेर घर पुगेपछि एक्लै हास्थेँ तर त्यहाँ हाँस्न कसरी सक्नु ?’ छोरी ।
कति राजनीतिक आन्दोलनहरू भए, सामाजिक आन्दोलनहरू भए, समय फेरियो भन्छन्। तर यो १२ वर्षमा खासै फरक आएको रहेनछ। छोरी अझै पनि हाँसो लाग्दा हाँसो रोक्न अभिशप्त छे। 
हजुरआमासँगको कुरा 

झन्डै पच्चीस वर्षअघि सत्तरी वर्षकी जस्ती देखिने छिमेकी हजुरआमाले अर्की उहाँभन्दा कम उमेरकी देखिने हजुरआमालाई दिदी भनेको देखेर मेरो बालमस्तिष्कमा अनौठो प्रश्न उब्जियो। मैले उहाँलाई सोधेँ। हजुरआमाले भन्नुभयो, नाताले पनि उहाँ मेरी जेठानी, उमेर पनि मेरोभन्दा पाँच वर्ष बढी हो। मैले उहाँहरूको उमेर सोधेँ। उहाँले अर्की हजुरआमा ‘तीन बीस’ र आफू ‘तीन बीसमा पाँच कम’ बताउनुभयो। 
‘कसरी त उहाँभन्दा हजुर बूढी देखिनुभएको ?’ म ।

‘खै, बा दुःखले होला। जेठानीका तीनजना मात्र छोराछोरी भए, तीनजना नै हुर्किए। मैले एघारजना जन्माएँ। पाँचजना मात्र बाँचे’, उहाँको उत्तर। 
‘किन नि उहाँको तीनजना मात्र ?’ मेरो प्रश्न। 
‘तेरा ठूला हजुरबा विवेकी थिए, हजुरआमालाई खुब माया गर्थे। धेरै बच्चा जन्मिए ठूली हजरआँको जीउ बिग्रिन्छ भनेर धेरै पाएनन्। सुत्केरी बेलाँ पनि खुब स्याहारे। मेरा बूढा भाङ्भुंगे। मेरो केही कुरा सुने पो’, आँखाभरि आँसु लिएर हजुरआमा बोल्नुभयो। 

त्यतिखेर खासै कुरो बुझिनँ, अहिले आएर सम्झन्छु। एघारजना बच्चा जन्माएकी हजुरआमा बित्नुभएकै बीस वर्षभन्दा बढी भयो। हजुरबाले खुब माया गर्ने हजुरआमाको गत वर्ष ‘चौरासी पूजा’ भयो। उहाँ अझै स्वस्थ, हँसिली र आफ्नो काम गर्नसक्ने हुनुहुन्छ। आभा शर्माको कथा
कथा भनिए पनि नामबाहेक यो शतप्रतिशत यथार्थ हो। आभा मेरी साथी। उमेर तीस÷एकतीस वर्ष, शिक्षा स्नातक उत्तीर्ण। गैरसरकारी संस्थामा काम गर्छे। यो उसैको जीवनको एक हिस्साको वर्णन हो। 

त्यस्तै पाँच वर्षअघि हो, अफिसकै एक उच्च तहको चिनारु पुरुषले एक दिन अचानक विवाहको प्रस्ताव राखे। त्योभन्दा अघि ऊसँग खासै कुरा भएको थिएन। अफिसियलभन्दा अन्य चिनजान पनि थिएन। म के भनौं नभनौंको दोधारमा परेँ। पहिलेको सम्बन्ध टुटेर त्यति खेर म ‘सिंगल’ नै थिएँ। फ्य्रांक्ली भन्दा कुनै उपयुक्त व्यक्तिको बारेमा सोचिरहेकै थिएँ। तर उसको प्रस्तावले खासै उत्साहित हुन सकिनँ। ऊ उमेरमा पनि मभन्दा झन्डै पन्ध्र वर्ष ठूलो थियो। उमेरको फरक त मेरो खासै चासोको विषय थिएन। तर म भर्खर संघर्ष सुरु गरेकी केटी तर उसको शिक्षा पनि विशिष्ट तहको, सामाजिक हैसियत पनि उच्च। के यस्तो सम्बन्ध अगाडि बढ्ला र (? ) भन्ने लागेको थियो। अर्कोतर्फ भर्खर करिअर सुरु गरेकी र आर्थिक पृष्ठभूमि खासै राम्रो नभएकी मलाई यो प्रस्ताव आकर्षक पनि थियो। म दोधारमा परेँ। उसले उत्तर दिन केही समय दियो। 

निरुत्तार भागी हिँडेको उसको अपरिपक्वता देखेर मलाई दिक्क लाग्न थालेको थियो। मलाई यो सम्बन्ध अगाडि जानेमा विश्वास हराउँदै गएको थियो। ऊबाट स्पष्ट शब्दमा सुन्न चाहन्थेँ। हामीले खुला छलफल गरेर नै सम्बन्ध सुरु गरेका थियौं। 

यसअघि पनि मेरो जीवनमा केही पुरुष प्रेमी बनेर आइसकेका थिए। तर ती सम्बन्ध दिगो हुन सकेका थिएनन्। यही अनुभवले पनि धेरैजसो केटाहरू मनमा के सोच्छन र मुखले के भन्छन् भन्ने अनुमान लगाउन सक्छु। तर अहिले उमेर, शिक्षा र पेसाले ‘म्याचुर्ड’ (अविवाहित) व्यक्तिको प्रस्ताव हुँदा गम्भीरतापूर्वक नै लिएको थिएँ। केही दिनपछि केही समय संगत गर्ने अनि एकअर्कामा ‘कम्प्याटिबल’ भए बिहे गर्ने सम्झौता भयो। अनि सुरु भयो ‘लिभ–इन रिलेसनसिप’। यसरी झन्डै पाँच वर्ष बितायौं। यस बीचमा दुईपटक सल्लाहले नै ‘एबोर्सन’ पनि गरायौं। 
उमेर तीस वर्ष पुग्न लागेपछि मलाई बच्चा जन्माउने रहर लाग्यो, आमनारीलाई जस्तै। त्यसो त मलाई जुनीभरिको सम्बन्धमा विश्वास पनि लाग्दैन। मक्किएको सम्बन्ध लिएर देखावटी जिन्दगी बाँच्नुपर्छ जस्तो पनि लाग्दैन। ऊसँगको सम्बन्धलाई लिएर पनि म स्पष्ट थिएँ। तर बच्चा जन्माउनुभन्दा अगाडि बिहे जरुरी थियो। किनभने भविष्यमा जन्मिने बच्चाको पहिचान, जिम्मेवारी, नागरिकता जस्ता कुरा महत्त्वपूर्ण हुन्थे। यस्ता सामान्य लाग्ने प्राविधिक कुराले समस्या ल्याएको मैले धेरै देखेकी थिएँ, सुनेकी थिएँ। त्यसैले उसलाई बच्चाको योजना सुनाएर बिहेको कुरा गरेँ। तर उसले कुनै उत्तर दिएन। 

बढ्दो उमेरसँगै ममा बच्चाको उत्कट चाहना थियो। र विवाहको औपचारिक प्रस्तावबाट सुरु भएको हाम्रो जीवन पाँच वर्षदेखि खासै कुनै तनावबिना नै चलिरहेको थियो। हामीले एकअर्कालाई ‘कम्प्याटिबल’ नै पाएका थियौं। हामी बेलाबखत हाम्रो सम्बन्धको समीक्षा पनि गथ्र्यौं। हाम्रो ‘लिभ–इन रिलेसनसिप’मा कुनै समस्या थिएन। यस्तै समयमा मैले ऊसँग विवाहको प्रस्ताव राखेँ। त्यसो त व्यक्तिगत रूपमा मलाई बिहेको औपचारिकतासँग कुनै लगाव छैन। तर मलाई समाजको परिभाषा अनुसारको वैध सन्तान जन्माउनु छ, ता कि बच्चाको भविष्यमा पनि केही अप्ठ्यारो नपरोस्। तर उसले मेरो प्रस्तावको कुनै उत्तर दिएन। बरु जानकारीबिना नै केही दिन घर आएन। 

निरुत्तर भागी हिँडेको उसको अपरिपक्वता देखेर मलाई दिक्क लाग्न थालेको थियो। मलाई यो सम्बन्ध अगाडि जानेमा विश्वास हराउँदै गएको थियो। तर म स्पष्ट हुन चाहन्थेँ। ऊबाट स्पष्ट शब्दमा सुन्न चाहन्थेँ। हामीले खुला छलफल गरेर नै सम्बन्ध सुरु गरेका थियौं। मलाई लागेको थियो, यसको अन्त्य पनि छलफल गरेर नै हुनुपर्छ। तर ऊ बाहिर कतै रुमल्लिरहेको थियो। 
म ऊसँग कुरा गर्न चाहन्थेँ। अब ऊसँग बिहे र बच्चाको कुरा हैन औपचारिक रूपमा सम्बन्ध अन्त्य गर्ने कुरा गर्न म पर्खिरहेको थिएँ। झन्डै एक हप्तापछि ऊ आयो। यस्तो व्यवहार गर्‍यो, मानौं हामीबीच केही भएकै छैन। त्यस रात हामीबीच सबै भयो, जे पहिलेदेखि हुँदै आएको थियो। भोलिपल्ट बिहान मैले नै कुरा 
सुरु गरेँ। 

ऊ बोल्यो, ‘तिमी माइन्ड नगर, खासमा तिम्रो र मेरोबीच कुनै हैसियत मिल्दैन। केही समय सँगै बस्यौं अब तिमी आफ्नो सुर गर ।’ यति भनेर ऊ निस्कियो। 
मलाई खासै अनौठो लागेन। उसले बिहेको प्रस्ताव राखेकै दिन यस्तो दिन आउन सक्ने कुरा मेरो मनमा आएको थियो। पाँच वर्षदेखिको सम्बन्ध टुटेकोमा खुब चित्त दुख्यो। बुझ्दाबुझ्दै पनि दिनभर रोएर बसेँ। भोलिदेखि जीवनको नयाँ अध्याय सुरु गर्नुपर्छ भन्ने सोच्दै रात कटाएँ। 

तपाईंलाई लाग्ला यो कहानीको अन्त्य हो। मलाई पनि त्यस्तै होस् भन्ने लागेको थियो। नेपाली समाजमा तीस वर्षको उमेरमा प्रशस्त टुटेका सम्बन्धहरू सम्झेर एक्लै जिउन मलाई अत्यास लाग्न थालेको थियो। म के गरौं नगरौंको दोधारमा अल्झिरहेको थिएँ। काममा जान मन लागेन। इमेलबाटै राजीनामा पत्र पठाइदिएँ। मैले अध्ययनका लागि विदेशिने योजना बनाउन थालेँ। पढ्न जाने सम्भावित देश, विषय र त्यसका प्रक्रियाबारे इन्टरनेटमा ‘रिसर्च’ गर्न थालेँ। युट्युबमा ‘आईईएलटीएस’का टिप्सहरू हेर्न थालेँ। 

यस्तैमा एक रात झन्डै १० बजेतिर नचिनेको ‘ल्यान्ड लाइन’ नम्बरबाट फोन आयो। ‘म तिम्रै घर अगाडिबाट फोन गरेको, हेर न मोबाइल पनि हराएछ, बाहिर पानी परेको छ, गेट खोल्न झर न’, ऊ रहेछ। म के गरौं ? खुरुखुरु झरेर गेट खोलेँ। निथ्रुक्क भिजेको ऊ सरासर भित्र पस्यो। झोलाबाट केही प्याकेट चाउचाउ निकालेर भन्यो, ‘यो बनाऊ न, खुब भोक लागेको छ, जाडो पनि त्यस्तै ।’
चाउचाउ बनाएर म कोठामा आउँदा ऊ ब्ल्यांकेट ओढेर मेरो बेडमा बसिरहेको थियो निर्वस्त्र। 
‘आखिर तिमीले बिहेको प्रस्ताव राखेकी आफ्नै प्रेमिकालाई वेश्या बनाइछाड्यौ है ?’ मैले योभन्दा बढी बोल्न सकिनँ। ऊ नसुनेझैं सुतिरह्यो। र, मैले त्यस रातको ठीक १२ बजे ट्विटरमा ‘ह्यासट्याग मी टु’ टिट गरेँ। 
यो भयावह यथार्थ कथाको अन्त्यमा उसले अनायास भनी, ‘म दुई जीउकी छु नि। दुई महिना भयो ।’ 
‘कसको ?’ म ‘उही हैसियतवालाको’, ऊ बेफिक्री हाँसी। 
‘अब के गर्छेस् ओइ ?’ म चिन्तित हुन्छु। 
‘नर्वे जान्छु एमएस गर्न। भिसा आइसकेको छ, अरू जे त पर्ला’, उसले आफ्नो पेट सुम्सुम्याई। 

आभासँग यी कुरा भइरहेको सेरोफेरोमा देशमा नागरिकता विधेयकमाथि छलफल चलिरहेको छ। यस सम्बन्धमा महिलाको माग भनेको अन्य धेरै लैंगिक समानताको विषय जस्तै नागरिकताको सम्बन्धमा पनि लैंगिक विभेद नगरौं भन्ने हो। विदेशी नागरिकसँगको विवाह पश्चात्को नागरिकता प्राप्तिको विषयलाई कडाइ गर्ने हो भने पुरुष महिला दुवैलाई समान व्यवहार गरौं, विभेद नगरौं भन्ने नै हो। यो सोझो र स्पष्ट भनाइ हो। तर कुण्ठाग्रस्त मानसिकता बोकेकाहरू यसलाई राष्ट्रियताप्रतिको षड्यन्त्र देख्छन्।

नागरिकता प्रदान गर्न महिला पुरुषलाई समान व्यवहारको मागलाई केही कथित विद्वान्हरूले ‘डेमोग्राफिक अट्याक’को तयारीसम्म भन्न भ्याए भने केहीले विदेशी पुरुषलाई नागरिकता दिन महिला अधिकारकर्मीको आवाजसम्म भने। यी सबै कुरालाई भत्किँदो पुरुषसत्ताबाट त्रस्तहरूको कुण्ठाभन्दा बढी भन्न सकिँदैन। कुण्ठाग्रस्त तर्क गर्नेहरूसँग बहस गर्नु आफैंमा उदेकलाग्दो कुरो हो तर समाजको निर्णायक स्थानमा कुण्ठाग्रस्तहरूको बाहुल्य देखिएको छ। 

उदाहरणका लागि केही समयअघि त्रिभुवन विश्वविद्यालयका छात्राहरूले प्राध्यापकबाट भएको यौन दुव्र्यवहारबारे खुलासा गरे। यसमा विश्वविद्यालयका अन्य प्राध्यापकले आफ्नो धारणा राख्नु त परै जाओस्, स्वतन्त्र छानबिनको मागसम्म गर्न सकेनन्। त्यस्तै केही समयअघि विश्वविद्यालयमा हुने यौन उत्पीडन र दुव्र्यवहारबारे भएको छलफल कार्यक्रममा विद्यार्थीहरूले अपेक्षा र विश्वास गरेका केही पुरुष प्राध्यापकहरू अनुपस्थित रहे, चुप बसे। आफ्नै संस्थामा भएको महिला हिंसाविरुद्ध सामान्य ऐक्यबद्धतासम्म जनाउन सकेनन्। 

पुरुष सत्ताले महिलामाथि जबर्जस्ती थोपरेका दुव्र्यवहारविरुद्ध केही उत्पीडित महिलाले उत्पीडनको सार्वजनिकीकरण गरे। अभियानको अपेक्षा समानताको विषयमा कमसेकम पुरुषहरूलाई सचेत बनाउने हो। यो केही पुरुष मनमा रहेको विकारलाई विकारमुक्त बनाउन चलाइएको खबरदारी अभियान हो। 

भनिन्छ— व्यक्तिको पहिचान जन्मले होइन, कर्मले निर्धारित हुनुपर्छ। त्यसैले जन्मकै आधारमा पुरुषप्रति असहिष्णु विचार राख्नुसँग म असहमत छु। जसरी यसै लेखको हजुरआमाको प्रसंगमा उल्लेख गरिएका हजुरबुवा आजभन्दा साठी वर्ष अघिको समयमा पनि नारीलाई सम्मान गर्ने थिए। त्यसरी नै अहिले पनि नारी समानताको अभियानमा सुन्दर मन भएका पुरुषहरूको साथ र सहयोग रहेकै छ। केहीले यो अभियानलाई पुरुष विरुद्धको जिहादका रूपमा बुझे सायद।

यिनै कलुषित मन भएका पुरुषहरू यसविरुद्ध जुर्मुराइरहेका छन्। निर्मला पन्तको मुद्दा अलपत्र नै रहेको बेला सुनितादेवी यादवको हत्याले क्रूर पुरुष मानसिकता झन् उद्दण्ड हुँदै गएको देखाउँछ। यसविरुद्ध आवाज उठाउनैपर्छ। यो न्यायका लागि आवाज हो, समानताको निम्ति आवाज हो। यो सुन्दर अभियानमा पुरुषहरू पनि आउनुस्, हातेमालो गरौं। कुनै महिलाले यो अभियानलाई रिस साध्ने माध्यम बनाएको भए त्यसलाई पनि भण्डाफोर गरौं। हरेक क्षेत्रबाट आवाज उठाऔं। त्रिभुवन विश्वविद्यालयमा पढाउने साथीहरूले अनौपचारिक कुराकानीमा भनेजस्तो ‘अब त केटी विद्यार्थीको थेसिस कुनै पनि हालतमा सुपरभाइज गरिँदैन’ नभन्नुस्। यो पवित्र अभियानमा तपाईंहरूको पनि साथ र सहकार्य अपरिहार्य हुन्छ। 

र अन्त्यमा, नारीप्रतिको तीन पुस्ताका छोटा अनुभवहरू प्रस्तुत गर्दैगर्दा म ती राष्ट्रियताप्रति संवेदनशील विद्वान्हरू र जनप्रतिनिधिहरूलाई सम्झिरहेछु जो ‘डेमोग्राफिक अट्याक’का लागि आभा शर्माको पेटमा हुर्कंदै गरेकोे भयावह हतियारसँग 
त्रस्त छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.