धरानमा भएको कार दुर्घटनामा थप एकको मृत्यु

धरानमा भएको कार दुर्घटनामा थप एकको मृत्यु

इटहरी : शुक्रबार राति साढे ११ बजे धरान–८ मा पर्ने कोशी राजमार्गमा भएको कार दुर्घटनामा घाइते भएका थप १ जनाको मृत्यु भएको छ। उनको मृत्युसँगै सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ।

कार चालक मोरङको सुन्दरहरैंचा बस्ने तेह्रथुम घर भएका अन्दाजी ४५ वर्षीय गोविन्द बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार उनको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको थियो।

धरान प्रहरी प्रमुख सुमन तिम्सिनाका अनुसार दुर्घटनामा धनकुटाको महालक्ष्मी–४ का २७ वर्षीय जनक बुढाथोकी, इटहरी–४ का अनिल श्रेष्ठ र ठेगाना नखुलेका मदन लिम्बूको शुक्रबार नै मृत्यु भएको थियो।

धरानबाट इटहरी आउँदै गरेको बा २० च ४०७६ नम्बरको कारले मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना हुन पुगेको हो। खनारबाट धरानतर्फ जाँदै गरेको को १ ख ४७६१ नम्बरको मजदुर बोकेको बसमा कार अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टरमा सवार ३ जना र बसमा सवार ४ जना यात्रुहरूसमेत घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.