सिंहदरबारमा खुल्यो सरकारी बैंक

सिंहदरबारमा खुल्यो सरकारी बैंक

काठमाडौं : सेवा र सुविधा समेतको कारोबार हुनेगरी सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएको छ। बैंकले नयाँ वर्ष २०७६ को अवसर पारेर आइतबार शाखा स्थापना गरेको हो।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले शाखाको उद्घाटन गरे। यो बैंकको २१८ औं शाखा हो। यसअघि प्रतिनिधि सभा संसदहरुले सिंहदरबारभित्र सरकारी बैंक नखोलेकोमा चासो राखेका थिए। अर्थमन्त्री डा. युवराज खतिवडाले सिंहदरबारभित्रै नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंकको शाखा खोल्ने अनूमति सरकारले दिइसकेको जानकारी गराएका थिए।

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले उपयुक्त ठाउँको खोजी भइरहेकाले सिंहदरबार भित्र सरकारी बैंक स्थापना गर्ने स्पष्ट पारेका थिए। बैठकमा सांसद विन्दा पाण्डेले संघीय संसद सचिवालयबाट प्राप्त सेवा, सुविधा पूर्ण रुपमा सरकारी स्वामित्वमै रहेको बैंकबाट दिने योजनाबारे मन्त्री खतिवडालाई प्रश्न गरेकी थिइन्। त्यसको जवाफ दिने क्रममा मन्त्री खतिवडाले सांसदले चाहेको बैंकबाट उनीहरुको सेवा, सुविधा वापतको रकम लिने व्यवस्था गर्न पनि संघीय संसद सचिवालयलाई आग्रह गरेका थिए।

 बैठकमा सांसद भिम रावलले सरकारी बैंकलाई सिंहदरबार भित्र स्थापनाका लागि अनुमति किन नदिएको? भनि जिज्ञासा राखेका थिए। मन्त्री खतिवडाले सरकारी बैंकलाई सिंहदरबारमा शाखा विस्तारका लागि ठाउँ नदिएको भन्ने भनाई सत्य नभएको स्पष्टिकरण दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.