ऐतिहासिक स्थलमा मेला महोत्सव

ऐतिहासिक स्थलमा मेला महोत्सव

उदयपुर : नयाँ वर्षको अवसरमा आइतबारबाट उदयपुरका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा मेला तथा महोत्सव सुरु भएका छन्।

जिल्लाको सबैभन्दा विकट क्षेत्र लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यूटपमा पाँच दिने महोत्सव सुरु भएको छ। त्यसैगरी जिल्लाको ऐतिहासिक तथा प्रसिद्ध धार्मिक स्थल रौतामाई गाउँपालिकाको ‘रौतापोखरी’, ताप्ली गाउँपालिकाको ‘ताप्लीपोखरी’ र त्रियुगा नगरपालिकाको ९ उत्तराइटोलमा चौधरी समुदायको ‘सिरुवा’ मेला आयोजना गरिएको छ। 

‘एभरेष्ट भ्यूटप भैचुङ, पर्यटनको केन्द्र लिम्चुङबुङ’ भन्ने नाराका साथ लिम्चुङबुङ महोत्सव सुरु भएको हो। जिल्लाको सबैभन्दा अग्लो समुन्द्री सतहदेखि दुई हजार दुई सय ७५ मिटर रहेको तथा विकट क्षेत्र लिम्चुङबुङ गाउँपालिकामा पहिलोपटक सांस्कृतिक पर्यटन महोत्सवको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए।

    
टावरबाट सगरमाथा, जुगल, चारपाटे, गौरीशंकर, कञ्चनजंघा, लुङुर, मकालु, चोय हिमाल देख्न सकिन्छ। 
 
महोत्सव समितिका संयोजक तथा एभरेष्ट भ्यूटप भैचुङ पर्यटन समितिका अध्यक्ष ज्ञानबहादुर राईले महोत्सवको आकर्षण मौलिक सांस्कृतिक प्रदर्शनी लोकप्रिय र चर्चित कलाकारको प्रस्तुति रहने छ। 
    
महोत्सवमा जातजातीका झाँकी, खेलकुद प्रतियोगिता प्रतियोगिताको रुपमा सञ्चालन हुनेछन्। जसमा राई समुदायको साकेला, मगर समुदायको हुर्रा, तामाङ समुदायको तामाङ सेलोलगायतका सांस्कृतिक नृत्य प्रस्तुत हुनेछन्।     
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.