देवघाटमा अष्टधातुको शिवमूर्ति

देवघाटमा अष्टधातुको शिवमूर्ति

काठमाडौं : देवघाटमा अष्टधातुको शिवमूर्ति बनाइने भएको छ। तामा, पित्तल, चरेस, ढलोट, सुन, चाँदी, सिल्भर र सिसामिश्रित शिवमूर्ति ३० फिट अग्लो हुनेछ। त्यसमा सहयोग जुटाउन पशुपति क्षेत्रमा श्रीमद्भागवत ज्ञानमहायज्ञ आयोजना गरिएको छ। महायज्ञको आइतबार उद्घाटनसमेत गरियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सनातन धर्म संस्कृतिको संरक्षण गर्नुुपर्ने बताएका छन्। देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘सनातन दर्शनको संरक्षण गर्नुुपर्छ। यसका लागि राष्ट्रिय सहमतिका साथ बनाइएको संविधानले समेत हामीलाई क्षमता प्रदान गर्छ। यो राष्ट्रको समृद्धिका लागि पनि आवश्यक छ।’

खनालले देवघाट नेपालको मात्र नभई विश्वकै तीर्थस्थल भएको बताए। देवघाटमा बन्न लागेको अष्टधातुको मूर्तिले पर्यटन प्रवर्द्धनमा समेत सघाउने उनको विश्वास छ।

नेपालको मध्यभागमा अवस्थित धार्मिक पर्यटकीय नगरी देवघाटधामलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न अष्ट धातु मिश्रित भगवान् शिवको मूर्ति बनाउन लागिएको देवघाट संरक्षण प्रतिष्ठानका अध्यक्ष पर्यटन व्यवसायी केशव पाण्डेले बताए। ‘हामीले अष्टधातु संकलनका लागि सबै भक्तमा आफूसँग भएका पुरानानयाँ भाँडाकुँडा संकलनका लागि अनुरोध गरेका छौं’, उनले भने।

अष्टधातुको विशाल मूर्ति निर्माणपछि देवघाट क्षेत्रले मुहार फेर्ने दाबी गरिएको छ।

महायज्ञका प्रमुख वाचक ईश्वरकृष्ण महाराजले धार्मिक पर्यटनबाट पनि देशको समृद्धि सम्भव भएको बताए। पूर्वजका परम्परा बचाउने दायित्व सबैको भएको उनको भनाइ छ। नेपालमै चारधाम निर्माण गरेर धार्मिक पर्यटनबाट भारत भित्रिने अर्बौं रुपैयाँ नेपालमै रोक्न सकिने उनको भनाइ छ।

पर्यटन सबै पक्षसँग जोडिने भएकाले धार्मिक पर्यटनको समेत महत्त्व भएको पर्यटन बोर्डका सदस्य दीपक महतले बताए। कार्यक्रममा महायज्ञका संकल्पकर्ता बालकृष्ण अर्याल, मदन मि श्र लगायतले धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिए। अष्टधातुको विशाल मूर्ति निर्माणपछि देवघाट क्षेत्रले मुहार फेर्ने पर्यटन व्यवसायी रमेश सिलवालको दाबी छ।

अष्टधातुको विशाल मूर्तिका चारैतिर रमणीय बालमैत्री पार्क निर्माण, सशुल्क, निःशुल्क यात्री वि श्राम गृह र नारायणी नदी किनारमा बाँदर पार्क बनाउने आयोजकको लक्ष्य छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.