टुक्राटुक्री प्रेमकथामा सुनको जलप

टुक्राटुक्री प्रेमकथामा सुनको जलप

‘ए मेरो हजुर ३’ २०७५ सालको अन्त्यमा सबैभन्दा बढी प्रतिक्षा गरिएको चलचित्र हो। जुन शुक्रबारबाट प्रदर्शनमा आएको छ। नायिका झरना थापाले निर्देशन गरेको यस फिल्म विशुद्ध प्रेम कथामा आधारित छ। फिल्ममा नयाँ पुस्ता अनमोल केसी र सुहाना थापाको जोडी देख्न सकिन्छ।

तर कथा पुरानै ढाँचामा बुनिएको छ। फिल्मलाई मसलेदार बनाउन थुप्रै टुक्राटाक्रि प्रेमकथा जोडीएको छ। र त्यसमा प्रविधी, लोकेसन र छायांकनको माध्यमबाट सुनको जलप पोतिएको छ।

आरिया (सुहाना) अमेरिकाबाट नेपाल फर्किएकी एक किशोरी हुन्। जो म्युजिकल सुपरस्टार प्रेम (अनमोल केसी) को ठूलो फ्यान हुन्छिन्। गल्र्स होस्टेलमा बस्ने आरिया प्रेमको एउटा पनि कन्सर्ट छुटाउँदिनन्।

यता प्रेमले आरियालाई पहिलेदेखि नै चिनेको हुन्छ र मन पराएको हुन्छ। जुन कुरा आरियालाई थाहा हुँदैन। प्रेम बारम्बार घनश्याम बनेर आरियालाई भेट्न जान्छ। घनश्याम बनेरै आरियाको मन जित्न खोज्छ तर के ऊ सफल हुन्छ त?

ए मेरो हजुर ३ को प्रेम कथामा कुनै नयाँ विषय छैन। यसले दर्शकलाई निराश बनाउँछ। हिन्दि तथा नेपाली सिनेमामा बारम्बार दोहोरिने प्रेम प्रसंगलाई नै यो फिल्मले अस्त्र बनाएको छ।

दर्शक हसाउन कै लागि केही अनावश्यक डाइलगबाजी र दृष्यहरु छन्। अर्को तर्फ दर्शक रुवाउन कै लागि कथालाई अत्यधिक ‘ड्रामाटाइज’ गरिन्छ। यसले फिल्मलाई अन्य लभस्टोरी फिल्मभन्दा फरक देखाउँदैन।

फिल्ममा आरिया (सुहाना) पात्रलाई ‘सफ्ट कनर’बाट हेरुन् भन्ने अपेक्षा जोडिएको छ। असाहाय तथा अपाङ्ग बालबालिकाको मद्दत गर्ने विषयले फिल्म प्रंसग भन्दा बाहिर गएको छ।

दुई घण्टा २९ मिनेट लामो यस फिल्मले पात्रहरु बीचको प्रेमलाई सबिस्तार बयान त गर्छ तर क्ल्याइमेक्स पछि टुङ्गाउने हतारो गरेको छ। यसले फिल्म भरी दर्शक आरामले हाँस्न त पाउँछन् तर रुन पाउँदैनन्। यसले गर्दा पात्रहरुको अभिनयसंग दर्शक ‘कनेक्ट’ हुन सक्दैनन्।

चलचित्रमा ‘फेमिनिष्ट एप्रोच’ बढी छ। केहीहदसम्म यो फिल्मको सबल पक्ष मान्न सकिन्छ। जुन नेपाली फिल्मकालागि नयाँ अवधारणा हो। केटाहरुमा योन तथा बिपरित लिंगप्रतिको आकर्षणलाई लिएर एकअर्का प्रति जस्ता संवादहरु हुन्छन् त्यस्तै केटी–केटी बीचमा पनि हुने फिल्मले बताउन खोजेको छ।

पछिल्लो समय नारी मनोविज्ञानलाई केलाउने प्रयास नेपाली सिनेमाले गरि रहेको छ। जसमा ‘बुलबुल’ र ‘साइँली’ जस्ता फिल्म पर्छन्। ‘ए मेरो हजुर ३’ मा किशोरीहरु योनिकताका विषयमा खुलेर बोल्दा फिल्म हेर्ने दर्शकलाई केही अप्ठ्यारो लाग्न सक्छ। तर कलाकारले गर्ने अभिनय र संवादमा ‘ह्युमर’जोडिएको छ। यसले विषय वस्तुलाई ग्रहण गर्न सहज बनाउँछ।

ए मेरो हजुर २ मा जस्तै ३ मा पनि समलैंगिकताको विषयलाई टुच्च छुन खोजिएको छ। फिल्मले चटपटे बेच्ने जनकपुरका मधेसी नेपालीको पहिचानको मुद्दा, काठमाडौंमा भाडाको कोठामा बस्दाको दुःख, होस्टेल लाइफ र एक सुपर स्टारको भित्री व्यथा समेटिनु राम्रै हो तर पात्रहरु सबैले हसाउन जोड दिँदा उठान गरिएका विषय पेचिलो बन्न सकेको छैन।

यसका बाबजुत स्टार किड्स अनमोल र सुहानाको जोडी पर्दामा निकै राम्रो देखिएको छ। सुहानाको डेब्यु फिल्म भएपनि दर्शकको अपेक्षामा उनी खरो उत्त्रेकी छन्। यद्यपी उनले डाइलग डेलिभरीमा मेहेनतगर्नु पर्ने देखिन्छ। यता अनमोल भने आफ्नो पुरानै फिल्मको ‘हाइप्रोफाइल लुक’ र ‘सुपर–स्टार एटिट्युड’मा फर्किएका छन्। जुन उनलाई सुहाएको छ।

यस अघि अनमोलको फिल्म क्याप्टेन प्रदर्शनमा आएको थियो। फिल्ममा उनी मध्यम वर्गिय परिवारमा जन्मिएका फुटबलर इशास खड्काको भुमिका थिए। उक्त भुमिकामा अनमोललाई नसुहाएको भन्दै खुब आलोचना भएको थियो। ए मेरो हजुर ३ सम्म आइपुग्दा अब अनमोलले आफ्नो कामको समिक्षा गर्दै अभिनय सुधार्नु पर्ने आवश्यकता छ।

फिल्मका अर्का मुख्यपात्र हरि (सलोन बस्नेत) को अभिनय भने दर्शक रिझाउने खालको छ।

फिल्ममा गीत संगीतको पाटो निकै दमदार छ। गीतहरु कथा अनुसार बुनिएका छन्। यसले फिल्ममा ज्यान थपेको छ।

ए मेरो हजुर ३ की मेरुदण्डहुन्, नायिका तथा निर्देशक झरना थापा। उनको निर्देशन कला फिल्ममा उम्दा रुपमा प्रस्तुत भएको छ। कतिपय सिनहरु कहाँ र कस्तो समयमा खिच्ने भन्ने कुरामा ध्यान दिइएको छ। लोकेसन, पहिरन र प्रत्यक कलाकारलाई कथाले मागेको भुमिकामा ढाल्न उनी सक्षम देखिन्छिन्। काठमाडौं, पोखरा, हिमाली क्षेत्रहुँदै अमेरिकाकासम्मको दृश्य फिल्ममा सुन्दर रुपमा प्रस्तुत गरिएको छ।

अनमोलको अभिनय निखारिनुमा उनको निर्देशनले ठूलो भूमिका खेलेको छ। साथै सुहानाको प्रस्तुतीमा कुनै सम्झौता गरिएको छैन।

त्यो भन्दा पनि ज्यादा अनमोलको स्टाडम कत्ति पनि कम हुन नदिइ छोरी सुहानालाई नेपाली चलचित्र उद्योगमा ‘सेफ ल्याण्डिङ्’ गराउन उनी सफल भएकी छन्। यद्यपी कथावस्तु फितलो हुँदा उनको मेहेनत बालुवामा पानी खन्याए बराबर भएको छ।

फिल्म टुक्राटाक्रि प्रेम कथा जोडीएर बनाइए पनि मसलेदार चलचित्र हेर्न रुचाउनेका लागि रमाइलो लाग्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.