समता स्कुलले विश्व रेकर्डमा नाम लेखायाे
काठमाडौं : एक सय रुपैंयामा नर्सरीदेखि स्नातकोत्तर तहसम्मको पढाई सञ्चालन गरिरहेको समता स्कुलले लण्डनमा केन्द्रीय कार्यालय रहेको वल्र्ड बुक अफ रेकर्डमा नाम लेखाएको छ ।
उक्त कार्यालयले स्कुललाई आइतबार प्रमाणपत्र समेत प्रदान गरेको छ । प्रधानमन्त्री निवास वालुटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपि वलीले स्कुलका संस्थापक उत्तम सञ्जेललाई प्रमाणपत्र हस्तान्तरण गरे ।
प्रमाणपत्रमा मासिक एक सय डलरमा पढाएकोले प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ । थोरै शुल्क लिएपनि विद्यार्थीलाई स्तरिय पढाई दिएका कारण यो विद्यालय विद्यार्थी माझ निकै लोकप्रिय छ । यहाँ विशेष गरेर न्युन आम्दानी भएका तर पढ्ने इच्छा भएका विद्यार्थीको आकर्षण ज्यादा छ ।
यो स्कुलको स्थापना सन् २००१ मा भएको हो । स्कुले अहिले ७७ वटै जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरेको छ । ती सबै विद्यालयमा ५० हजारको हाराहारीमा विद्यार्थी पढिरहेको सञ्जलेलले बताए । विद्यार्थीबाट उठाएको शुल्कले पढाई खर्च धान्न नसकेपछि यो स्कुललाई गैर आवासीय नेपालीहरुले सहयोग गरिरहेका छन् ।