अवैध विदेशी मुद्रासहित पोल्यान्डका दुईजना पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुईजना पक्राउ परेका छन्। कतार एअरवेजबाट सोमबार बिहान कतारको दोहा उड्न लागेका पोल्यान्डका नगरिकहरू मक्सीमिलियन वेग्लोवस्की र जाकुब स्टेकीलाई प्रहरीले पक्राउ गरेको हो।
चेकजाँचका क्रममा उनीहरूबाट अमेरिकी डलर १९ हजार ७००, इरो १० हजार २०० र ५८ हजार रुपैयाँ भेटिएको छ।
बरामद मुद्रा र उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, अपराध अनुसन्धान शाखाले जनाएको छ।