प्रदेश ३ को सुरक्षा गोष्ठी हेटौंडामा

प्रदेश ३ को सुरक्षा गोष्ठी हेटौंडामा

हेटौंडा : तीन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ। गृह मन्त्रालयको आयोजनामा सुरु भएको गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु गरी ६५ जना सहभागी छन्। 

प्रदेशको शान्ति सुरक्षालाई मजबुत बनाउन कसरी अघि बढ्ने र शान्ति सुरक्षामा देखिएका चुनौतीहरु बारेमा छलफल गर्न गोष्ठी आयोजना गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। 

गोष्ठीमा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक गणेश अधिकारीले कार्यपत्र प्रस्तु गर्ने छन्। 

साथै नेपाली सेनाका मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथि सुवर्णबहादुर शाह, गृह मन्त्रालका प्रवक्ता रामकृष्ण सुवेदी, मन्त्रायका सहसचिव इन्दु घिमिरे र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले आज कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। 

दुईदिने गोष्ठीमा भोलिको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा (बादल) सहभागी हुनेछन्। साथै १३ जिल्लाकै प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अवस्थाबारे प्रस्तुति गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.