१० मिनेटमै सकियो प्रदेशसभा बैठक

१० मिनेटमै सकियो प्रदेशसभा बैठक

हेटौंडा : प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक मंगलबार १० मिनेटमै सकिएको छ। पर्याप्त बिजनेशन नहुँदा पाँच दिनपछि बसेको बैठक चार विधेयक दफावार छलफलको लागि समितिमा पठाएर स्थगित भएको हो। 

दिउँसो १ बजेर छ मिनेटमा सुरु भएको बैठक १ बजेर १६ मिनेटमै सकिएको थियोे। बैठकमा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले पेश गरेको प्रादेशिक कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बिउँ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ। 

सामाजिक विकासमन्त्री युवराज दुलालले पेश गरेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो। 

 
साथै उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालको तर्फबाट सामाजिक विकासमन्त्री युवराज दुलालले पेश गरेको प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको प्रदेशसभा सचिव रामशरण घिमिरेले बताए।
 
बैठकमा प्रदेश बालबालिका  सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा कृषि समितिले बनाएको प्रतिवेदन समितिका सभापति घनश्याम दाहालले पेश गरेका थिए। बैठक बुधबार दिउँसो १ बजेसम्मको लागि सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.