उदयपुरगढीलाई जाल्पा गोल्डकपको उपाधि

उदयपुरगढीलाई जाल्पा गोल्डकपको उपाधि

गाईघाट : प्रथम जाल्पा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उदयपुरगढी फुटबल क्लबले जितेको छ। जाल्पा स्पोर्टस क्लब उदयपुरद्वारा आयोजित उक्त प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा उदयपुरगढीले गाईघाट फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हरायो। निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय टाइब्रेकरबाट निकालिएको हो।

खेल सुरु भएको पहिलो मिनेटमै गाईघाटका लागि समिरराज राउतले गोल गरेका थिए। सुनील खड्काले गरेको प्रहारलाई विपक्षी गोलरक्षक दिलकुमार लिम्बूले नियन्त्रणमा लिएर पनि भुइँमा खसालेपछि समिरले त्यसको सदुपयोग गरेका थिए। ४८औं मिनेटमा उदयपुरगढीका उज्ज्वल चाम्लिङले जवाफी गोल फर्काउँदै खेललाई १—१ को बराबरीमा ल्याए।

यसैगरी ६५औं मिनेटमा उदयपुरगढीका सुरज भुजेलले अर्को गोल थपे। ८०औं मिनेटमा गाईघाटका सुनील खड्काले जवाफी गोल गर्दै खेललाई २—२ को बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन सकेन। पेनाल्टी सुटआउटमा गाईघाटका लागि अर्जुन मगर, समिरराज राउत र सागर रायले गोल गरे। उदयपुरगढीका योगेश बुर्जामगर, उज्ज्वल चाम्लिङ, सविन थापा र विजय भुजेलले गोल गरे।

उदयपुरगढीका विजय भुजेल उत्कृष्ट खेलाडी र दिलकुमार लिम्बू उत्कृष्ट गोलरक्षक घोषित भए। उदयपुरगढीले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार हात पा¥यो। उपविजेता टोलीले ५० हजार पाँच सय पाँच रुपैयाँ पुरस्कार पायो। विजयी टोली र खेलाडीलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य किरण राईले पुरस्कार वितरण गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.