बिक्री भएन वैदेशिक रोजगार बचतपत्र

बिक्री भएन वैदेशिक रोजगार बचतपत्र

काठमाडौं : वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्ष्य गरी ल्याइएको वैदेशिक रोजगार बचतपत्र अलपत्र परेको छ। रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले बचतपत्र ल्याइए पनि पाँच प्रतिशत बराबर मात्रै बिक्री भएको छ।

राष्ट्र बैंकले हालसम्म ११ अर्ब आठ करोड ७९ लाख रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ। त्यसमध्ये करिब ५८ करोड रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ। यो जारी रकमको पाँच प्रतिशत मात्रै हो । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले सरकारले नौ वर्षदेखि बचतपत्र सञ्चालनमा ल्याएको थियो।

तर, बचतपत्रले सेयरमा लगानी गरेजस्तो लाभ नदिने र वार्षिक १० प्रतिशतमात्र ब्याज हुने भएकाले युवाको आकर्षण कम देखिएको जानकारहरू बताउँछन्। पुँजीगत लाभ नहुने भएकाले बचतपत्रप्रति आकर्षण नदेखिएकाले उद्देश्यअनुरूप रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लगाउन समस्या परेको राष्ट्र बैंकले स्वीकार गरेको छ।

अर्थविद् ज्ञानेन्द्र अधिकारी रेमिट्यान्सलाई औपचारिक च्यानलबाट ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकारले विश्वासयोग्य वातावरण बनाउनुपर्ने बताउँछन्। ‘बचतपत्र मात्र होइन, पुँजी बढ्ने गरी लाभ दिन सक्नुपर्छ’, उनले भने। आकर्षक बोनस दिन सक्नेखालको नीतिनियम ल्याउन आवश्यक भएको उनी ठान्छन्।

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन बाध्यकारी व्यवस्था गर्नुपर्ने र त्यतिबेलै पुँजीगत लाभ हुनेगरी बचतपत्र बिक्री गर्न सके सबैको आकर्षण बढ्ने अधिकारी बताउँछन्।

श्रमविज्ञ डा.गणेश गुरुङले राष्ट्र बैंकले जारी गर्दै आएको बचतपत्रबारे वैदेशिक रोजगारीमा गएका युवा तथा तीनका परिवार जानकार नभएको बताए। ‘बचतपत्र डिजाइन नमिलेका कारण यसमा आकर्षण देखिएन’, उनले भने। खाडी तथा मलेसियामा रहेका नेपाली राजदूतावास, गैरआवसाीय नेपाली संघ, रेमिट्यान्स कम्पनीसँग सहकार्य नगर्दा बचतपत्र बिक्रीमा समस्या भएको हो।

श्रमविज्ञ गुरुङका अनुसार वैदेशिक रोजगारमा भएका नेपालीको सीमित कमाइ हुँदा पनि बचतपत्र बिक्री हुन नसकेको हो। ‘कतिपयलाई यसबारे जानकारी नै छैन्, त्यसकारण बिक्रीमा समस्या भएको हो’, उनी भन्छन्।

बचतपत्रप्रति विश्वास र ग्यारेन्टीको वातावरण र खरिदमा सहजता भए श्रमिकले खर्च कटाएर भए पनि बचतपत्र खरिद गर्ने गुरुङको भनाइ छ। ‘बचतपत्र साँच्चिकै फाइदाजनक हुनुप¥यो’, उनी भन्छन्, ‘विदेश जानुअघि अभिमुखीकरण र समयमै बचतपत्रबारे जानकारी गराउन सक्नुपर्छ।’

मुलुक भित्रिएको रेमिट्यान्समध्ये अधिंकाश रकम उपभोगमै सकिन्छ। केहीले घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गर्छन्। वैदेशिक रोजगारीमा जाने अधिकांश युवाले जीवनस्तर सुधार्न खर्च गर्नुका साथै घरजग्गा जोड्ने प्रचलन बढ्दै गएको छ।

अधिकांश युवाले दैनिक खर्च, पढाइ, घडेरी र खेतमै उपयोग गर्छन्। त्यसकारण पनि लगानीमा प्राथमिकता नभएको थापाको भनाइ छ। राष्ट्र बैंकले जारी गर्ने बचतपत्र छोटो समयका लागि हुने भएकाले कतिपयलाई थाहा हुँदैन। गत वर्ष मात्र सात खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नागरिकलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उनीहरूको बचत उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले वैदेशिक ऋणपत्र निष्कासन गर्ने गरेको छ।

राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख नरबहादुर थापाले सुरुमा आकर्षण देखिए पनि पछिल्ला दिनमा बचतपत्रप्रति आकर्षण घट्दै गएको बताए। राष्ट्र बैंकले सुरुमा पाँच अर्ब बचतपत्र जारी गर्ने गरे पनि पछिल्लो समय २५ करोडसम्म मात्रै जारी गर्न थालेको छ। ‘यो ऋण उठाउने महŒवपूर्ण औजार हो’, उनले भने, ‘तर, यसप्रति आकर्षण जगाउन सकिएको छैन।’

बचतपत्र वैदेशिक रोजगारीमा गएका र तीनका परिवारले रोजगारीबाट फर्किएको चार महिनाभित्र खरिद गर्न सक्छन्। बचतपत्र सेयर नभई ब्याज मात्रै आउने भएकाले यसप्रति युवाको आकर्षण नदेखिएको हो। बचतपत्र आह्वानले निरन्तरता नपाउने भएकाले  यसप्रति आकर्षण घटेको छ। बचतपत्रबाट पाउने ब्याज बचतपत्र खरिदकर्ता आफैंले वा इच्छाइएको व्यक्तिमार्फत भुक्तानी लिन सक्छन्। बचतपत्र किन्ने खरिदकर्ताले ६÷६ महिनामा ब्याज पाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.