मकवानपुर र पूर्वी नवलपरासीमा गाडी आगजनी, विभिन्‍न ठाउँमा शंकास्पद वस्तु फेला

मकवानपुर र पूर्वी नवलपरासीमा गाडी आगजनी,  विभिन्‍न ठाउँमा शंकास्पद वस्तु फेला

हेटौंडा : त्रिभुवन राजपथअन्तर्गत उत्तरी मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा दुई वटा गाडी जलाइएको छ। नेत्र विक्रम चन्द (विप्लव) समूहले बन्द आब्हान गरेको दिन आज बिहानै थाहा नगरपालिका वडा नम्बर ४ पानोरोमा मोडमा तीनजनाको समुहमा आएका अपरिचित व्यक्तिहरुले ना २ च ९०९४ को कुखुरा बोक्ने गाडीमा आगजनी गरेका हुन्।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर विक्रम राणाले आगो लगाएर भागेकाहरुको खोजी भइरहेको बताए। भीमफेदी गाउँपालिका ९ गोलमोडमा हेटौँडाबाट पालुङ जाँदै गरेको तरकारी बोक्ने ना ४ ख ७९६० मिनि आईचर ट्रकमा आगो लगाएर दुई जना फरार भएको उनले जानकारी दिए । 

दुई ठाउँमा नक्कली बम

हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ को वडा कार्यालय अघि भेटिएको प्रेसर कुकरलाई नेपाली सेनाले डिस्पोज गरेको छ। वडा कार्यालयको गेटमा प्रेसरकुकरमा बम लेखिएर छाडिएको प्रेसरकुकरलाई सेनाले डिस्पोज गरेको हो।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ तीनताप्केमा प्रेसर कुकरमा बम लेख्दै तार बाहिर निकालिएर छाडिएको मकवानपुर प्रहरी प्रवक्ता राणाले बताए। उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जाँदै गरेको उनले जानकारी दिए । 

चार स्थानमा आगजनी, विष्फोटन

पूर्वी नवलपरासीमा नेत्रविक्रम चन्द‘विप्लव’ समूहको गतिविधि बढेको छ। बजार क्षेत्रका विभिन्न स्थानमा आगजनी, विष्फोट र शंकास्पद वस्तु राखेर त्रसित बनाउने घटना बढेको हो। घटनामा विप्लव समूहको संलग्नता भएको प्रहरीले जनाएको छ। 

विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको क्रममा आज जिल्लाका चार स्थानमा आगजनी, विष्फोटन भएका छन्। बिहान पूर्वपश्चिम राजमार्गको गैंडाकोट नगरपालिकामा पर्ने वेल्डिया पुल र देवचुली नगरपालिकामा पर्ने दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र अगाडि  शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। दुवै स्थानमा राखिएको शंकास्पद वस्तुको अनुसन्धान गर्न चितवन र कावासोतीको झ्यालटुङ्गडाँडाँबाट नेपाली सेनाको टोली त्यसतर्फ हिडेँको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्र अधिकारीले बताए।

यता आज बिहान डण्डामा एक भारतीय ट्रकमाथि पेट्रोल बम प्रहार गरिएको छ। गुजरातबाट काठमाण्डौंतर्फ प्लाईउड बोकेर जाँदै गरेको ट्रकलाई आगजनी गर्ने उद्देश्यले बम प्रहार गरेको हुन सक्ने आंशका छ। बम प्रहारबाट ट्रकको त्रिपाल र केही भागमा सामान्य क्षति पुगको छ। बन्दको पूर्वसन्ध्यामा बुधबारसाँझ चौधरी ग्रुपमा बम विष्फोट गराइएको थियो। बन्दका कारण नवलपरासी जिल्लामा लामो दुरीका सवारीसाधन ठप्प छन्। बजार क्षेत्रका पसलहरु पनि खुलेका छैनन्। 

जिल्ला सदस्य पक्राउ

नेत्रविक्रम चन्द‘विप्लव’ समूहका पूर्वी नवलपरासी जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। बन्दको पूर्वसन्ध्यामा मध्यविन्दु नगरपालिकाको अरुणखोलास्थित बाहुनी कुनामा मशाल जुलुस निकाल्ने क्रममा उनी पक्राउ परेका हुन्। विनयी–त्रिवेणी गाउँपालिका–४ पिडरी घर भएका रेग्मीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.