रोल्पामा विप्लवका दुई नेता पक्राउ

रोल्पामा विप्लवका दुई नेता पक्राउ

रोल्पा (लिबाङ) : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेतालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। पक्राउ गरिएका दुवैजनालाई बिहीबार अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

पक्राउ पर्नेहरूमा सुनिलस्मृति गाउँपालिका ४ का ३७ वर्षीय खैराम महरा र लुंग्री गाउँपालिका ५ तल्लो सेवारका ३४ वर्षीय जितबहादुर विष्ट छन्। उनीहरूलाई पूर्वी रोल्पाको सुलिचौर इलाका प्रहरी कार्यालयबाट गस्तीमा गएको प्रहरी टोलीले बुधबार राति १० बजे पक्राउ गरेको हो। उनीहरूलाई विष्फोटक पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट विष्फोट गर्ने तयारी अवस्थामा रहेको २ लिटर पाँच ग्रामको स्टिलको बाल्टिन बम फेला पारिएको छ। बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थ गन्दक एक किलो ग्राम समेत फेला पारिएको जनाइएको छ।

पक्राउ परेका दुवैजनालाई विष्फोटक पदार्थ सम्बन्धि मुद्दा दायर गरिएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। विप्लव नेतृत्वको नेकपाका अधिकांश जिल्ला नेताहरू अर्धभूमिगत छन्।

आफ्ना नेता कार्यकर्ता पक्राउ गरिएको विरोधमा आह्वान गरिएको बन्दको अघिल्लो रात यहाँ दुई नेता पक्राउ परेका हुन्।

नेकपाले बन्दको अघिल्लो रात ठाउँठाउँमा मशाल जुलुस गरेको थियो। थबाङमा मसाल जुलुस लगत्तै प्रहरीले नेकपाका जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रताप लगायत स्थानीयको घरमा खानतलासी गरेको थियो।     


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.