द्वन्द्वपीडिलाई जस्तापाता

द्वन्द्वपीडिलाई जस्तापाता

(लिबाङ) रोल्पा : दश वर्षे सशस्त्र युद्धमा ज्यान गुमाएका र बेपत्ता पारिएका व्यक्तिका घर परिवारलाई जस्तापाता वितरण गरिएको छ ।

    
रोल्पाको सदरमुकाम लिबाङमा बिहीबार पीडितलाई जस्तापाता हस्तान्तरण गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पीडित परिवारलाई संकेतिक रुपमा जस्तापाता वितरण गरेका हुन् । 

सांसद सुरक्षित आवास कार्यक्रम अन्तरगत पहिलो चरणमा युद्धमा ज्यान गुमाएका र बेपत्ता पारिएका व्यक्तिको घरको फुसको छाना हटाउन जस्तापाता वितरण गरिएको हो ।

जस्तापाता लान गाउँगाउँबाट पीडित रोल्पा नगरपालिका कार्यालयमा आइपुगेका थिए । संघीय संसदको चुनावताका रोल्पालीको फुसको छाना भएका घर हटाउने प्रतिवद्धता बमोजिम पहिलो चरणमा पीडितलाई जस्तापाता वितरण गरिएको ऊर्जामन्त्री पुनले बताए । 

‘मैले चुनावी प्रतिवद्धता बमोजिम सांसद सुरक्षित आवास कार्यक्रम ल्याएको हुँ । फुसको छानाको सट्टा जस्तापाताले घर सुरक्षित बनाउन खोजिएको छ’, ऊर्जामन्त्री पुनले भने, ‘गत वर्ष चुनावी प्रतिवद्धता कार्यन्वयमा तीव्रता दिन सकिएन ।’ 

जेलबाङका सहिद भुवन बुढाका बुबाआमाको सुरक्षित घर निर्माण गरी हस्तान्तरण गरिएको मन्त्री पुनले बताए । घोडागाउँमा आगलागीबाट क्षति भएका सातवटा घरको पुनःनिर्माणमा सघाएको समेत बताए ।

सुरक्षित आवासका लागि जस्तापाताको किन्ने रकमको जोहो गर्नका लागि समृद्ध रोल्पा फाउण्डेशनले मुख्य भूमिका खेलिरहेको छ। संसद सुरक्षित आवास कार्यक्रमलाई सार्थक बनाउन पूर्वसभामुख एवं सांसद ओनसरी घर्ती संयोजक रहेको फाउण्डेशन सक्रिय रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.