दिल्लीको नमीठो हार, सन्दीपलाई नखेलाउनु दुर्भाग्य

दिल्लीको नमीठो हार, सन्दीपलाई नखेलाउनु दुर्भाग्य

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)को बिहीबार राति भएको खेलमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले नमिठो हार व्यहोरेको छ । अवे मैदानमा पछिल्ला तीन खेल लगातार जितेको दिल्ली बिहीबार आफ्नै मैदानमा मुम्बई इन्डियन्ससँग ४० रनले पराजित भएको हो । 

दिल्लीको घरेलु मैदान फेरोज शाह कोट्लामा भएको खेलमा मुम्बईले टस जितेर पहहिले ब्याटिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनायो । १६९ रनको लक्ष्य पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो । 

यस खेलमा पनि सन्दीप लामिछानेलाई मौका दिइएको थिएन । दिल्लीले यस सिजनका ९ खेल खेल्दा सन्दीपलाई ४ खेलमा मात्रै खेलाएको छ । आइतबार मुम्बईविरुद्धको खेलमा सन्दीपलाई उतार्ने आशा गरिएको थियो । कोट्ला मैदान स्पीनरहरु चल्ने मैदान मानिन्छ । स्पीनर मैत्री मैदानमा सन्दीपलाई नउतार्नु दिल्लीको कमजोरी बन्यो । मुम्बईविरुद्धको खेलमा दिल्लीले अक्सर पटेल र अमित मिश्रा दुई जना स्पीनरलाई मात्रै टोलीमा समावेश गरेको थियो । दुवै स्पीनरले उत्कृष्ट बलिङ गरे । 

पटेलले ४ ओभर बलिङ गर्दा जम्मा १७ रन दिएर १ विकेट लिए भने मिश्राले पनि ३ ओभरमा १८ रन मात्रै दिएर १ विकेट लिए । सन्दीपको सट्टामा खेलाइएका वेस्ट इन्डिजका किमो पउल र दक्षिण अफ्रिकाका क्रिस मोरिस निकै महंगो सावित भए । पउलले ३ ओभरमा ३७ रन र मोरिसले पनि  ३ ओभरमा  ३९ रन दिए र कुनै विकेट लिन सकेनन्। ब्याटिङतर्फ मोरिसले ९ बलमा ११ रन बनाए पनि पउल शुन्य रनमै रन आउट भए ।

उता मुम्बईले भने दिल्लीको इङिन ध्वस्त बनाउन तीन स्पीनरको प्रयोग गर्‍यो । राहुल चहर, जयन्त यादव,  क्रुनल पाण्डे दिल्लीविरुद्ध हावी भए फास्ट बलर मालिंगा सबैभन्दा महंगो सावित भए । दिल्लीका लागि शिखर धावनले बनाएको ३५ रन नै सबैभन्दा उच्च स्कोर बन्यो । कोलिन मुन्रो र कप्तान श्रेयस अयर ३–३ रनमा आउट हुँदा अर्का विस्फोटक ब्याट्सम्यान रिसब पन्त ७ रन बनाएर पेभिलियन फर्किए । ओपनर पृथ्वी शाले २० रन र अलराउण्डर अक्सर पटेलले २६ रनको योगदान गरे । 

खेलको हारपछि दिल्लीका कप्तान श्रेयस अयरले चेजिङका लागि २० रन बढि भएको प्रतिक्रिया दिए । मुम्बईका कप्तान रोहित शर्माले पनि १४० भन्दा माथिको स्कोर यस मैदानमा राम्रो स्कोर रहेको भने । 

यस खेलमा लेग स्पीनर सन्दीप लामिछानेलाई नउतार्नु दिल्लीको दुर्भाग्य बन्यो । अहिलेसम्म खेलेका आईपीएलका सातै खेलमा विकेट लिएका सन्दीपलाई टोलीमा समावेश गरेको खण्डमा अक्सर वा अमित कै औसतमा बलिङ गरेको भए पनि मुम्बईको स्कोर कम्तिमा २० रन कम हुन सक्थ्यो । अन्तिम ३ ओभरमा मात्रै दिल्लीका बलरले ५० रन दिए ।  किमो पउलले १८ औं ओभरमा १७, क्रिस मोरिसले १९ औं ओभरमा १५ र राबाडाले २० औं ओभरमा १८ रन दिए । 

 सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको मुम्बईको थप एक वा दुई विकेट मात्रै लिन सकेको खण्डमा पनि स्कोर कम बन्न सक्थ्यो । दबाबमा ब्याटिङ गरिरहेको मुम्बईका ब्याट्सम्यानमाथि सन्दीप लामिछाने हावी हुने सम्भावना धेरै नै थियो । दिल्लीका समर्थकहरुले कोट्ला मैदानमा स्पीनर सन्दीप लामिछानेलाई टोलीमा समावेश नगर्नु मुर्खता भएको भनि सामाजिक सञ्जालमा आलोचना गरेका थिए । दिल्लीले शनिबार कोट्ला मैदानमै पञ्जाबको सामाना गर्दैछ । यसमा सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना धेरै देखिन्छ । 

हारपछि दिल्ली अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । मुम्बई दोस्रो स्थानमा उक्लिएको छ । मुम्बइको १२ र दिल्लीको १० अंक छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.