सकियो विश्वकप खेल्ने नेपालको सम्भावना

सकियो विश्वकप खेल्ने नेपालको सम्भावना

काठमाडौं : अन्तिम खेलमा कुबेतलाई आठ विकेटले पराजित गरे पनि यू– १९ विश्वकप खेल्ने नेपालको सपना भने अधुरै रहने भएको छ। प्रतियोगितामा सहभागी ६ टोलीमध्ये दोस्रो स्थानमा रहेसँगै नेपालको विश्वकप सम्भावना समाप्त भएको हो। यू— १९ विश्वकप अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो प्रतियोगिताबाट शीर्ष स्थानमा रहने एक टोलीमात्र विश्वकपका लागि छनोट हुने नियम बनाएको हो।

प्रतियोगितामा आफ्नो सबै खेलमा जित हात पारेको संयुक्त अरब इमिरेट्स (यूएई) सोही नियम सदुपयोग गर्दै विश्वकपका लागि छनोट हुन सफल भयो। प्रतियोगितामा नेपालले यूएईसँग मात्रै पराजय बेहोरेको थियो। वर्षाले अवरोध पु¥याएको खेलमा नेपाली टोली यूएईसँग डकवर्थ एन्ड लेविस नियमका आधारमा एक रनले पराजित भएको थियो। सोही पराजय नेपालका लागि महँगो सावित भयो।

प्रतियोगिताको अन्तिम दिन सशक्त प्रदर्शन गर्दै नेपालले कुबेतविरुद्ध प्रभावशाली जित निकालेको थियो। टस जिती पहिले फिल्डिङ रोजेको नेपालले कुबेतलाई ४९.४ ओभरमा एक सय ५७ रनको योगफलमै रोकेको थियो। जवाफमा नेपालले २८ ओभरमा मात्रै दुई विकेट गुमाएर जित निश्चित गरेको थियो। नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान रीत गौतमले ६२, पवन सर्राफले ५३ तथा आसिफ शेखले २० बलमा अविजित ३३ रनको योगदान गरेका थिए।

रीतले पहिलो विकेटका लागि पवनसँग ९३ तथा आसिफसँग ४७ रनको साझेदारी गरेका थिए। कुबेतका लागि भने नोमन बुद्रु ७० रनको योगदान दिए पनि जित सम्भव भएन। कुबेतलाई सस्तो योगफलमा रोक्न नेपालका कप्तान रोहितकुमार पौडेलले तीन विकेट लिएका थिए। यस्तै सूर्य तामाङ, रासिद खान र कुशल मल्लले थप दुई÷दुई विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.