विप्लवका दुई नेताले पार्टी छाडे
सन्धिखर्क : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जिल्ला सदस्यले राजीनामा गरेका छन् । विप्वल नेतृत्वको नेकपामा माओवादी अर्घाखाँची जिल्ला सदस्यहरु हामबहादुर रायमाझी र देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएका हुन् ।
रायमाझी शितगंगा नगरपालिका–१२ रजिया निवासी हुन् भने रेश्मी शितगंगा नगरपालिका–११ ढुंगेसार निवासी हुन्। उनीहरुले छुटाछुटै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेृतत्वको पार्टी छाडी स्वतन्त्र रहेको जानकारी गराएका छन् ।