आचारसंहिता उल्लंघन गरे कारबाही : प्रधानसेनापति

आचारसंहिता उल्लंघन गरे कारबाही : प्रधानसेनापति

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता विपरित कार्य गर्ने सैनिक अधिकारीलाई सैनिक ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएका छन्। 

जंगी अड्डामा शुक्रबार आयोजित विशेष कार्यक्रममा सैनिक आचारसंहिताको शुभारम्भ गर्दै प्रधानसेनापति थापाले यस्तो चेतावनी दिएका हुन्।  शिक्षित गर्दा गर्दै पनि आचारसंहिताको उल्लंघन गरे त्यस्ता सैनिक अधिकारीलाई प्रचलित ऐन अनुसार कारबाही हुने उनको भनाइ छ। 

नेपाली सेनामा कार्यरत सकलदर्जाले बहालमा रहँदा वा सेवा निवृत्त भइसकेपछि गर्न हुने÷नहुने व्यवहारिक आचरणको बारेमा सुसूचित गरी शिक्षित बनाउने उदेश्यले नेपाली सेनाले शुक्रबादेखि आचारसंहिता सप्ताह सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

‘आचारसंहिता सप्ताह : सैनिक सदाचारको उत्साह’ भन्ने  नाराका साथ सेनाले सप्ताहव्यापी कार्याक्रमको आयोजना गरेको हो। 

प्रधानसेनापति थापाले संगठनलाई थप सुदृढ बनाउन सैनिक अधिकारीको निःस्वार्थ सेवाभाव, व्यवसायिक चरित्र, उच्च अनुशासन र आचरण महत्वपुर्ण रहेको बताए। 

नेपाली सेनाले प्रत्येक वर्ष वैशाख महिनाको पहिलो हप्तामा आचारसंहिता सप्ताह मनाउँदै आएको छ। उक्त अवसरमा प्रधानसेनापति थापाले सैनिक आचार संहिता—२०७६ र सो सम्बन्धी तयार पारिएको ब्रोसरको विमोचन गरेका थिए। 

कार्यक्रममा सैनिक आचारसंहिता सम्बन्धी डकुमेन्ट्रीसमेत प्रर्दशन गरिएको थियो। सोही अवसरमा जंगी अड्डालाई थप व्यवस्थित एवं पर्यावरणमैत्री बनाउन आचारसंहिता सप्ताह शुरु भएको अवसरमा विभिन्न जाताका फलफुलका विरुवाको वृक्षारोपण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.