विवेकशीलको नयाँ अभ्यास अनलाइनबाटै निर्वाचन

विवेकशीलको नयाँ अभ्यास अनलाइनबाटै निर्वाचन

काठमाडौं : विवेकशील नेपाली दलले अनलाइनमार्फत् निर्वाचन सम्पन्न गरेको छ। अनलाइनबाट विवेकशीलले प्रदेश स्तरीय निर्वाचन सम्पन्न गरेको विज्ञप्तिमार्फत् जानकारी गराएको छ। 

श्रीकृष्ण भट्टराई (अमेरिका), कर्मा लामा तामांग (जर्मनी) र संजय रिमाल (अमेरिका) ले विदेशबाटबाट नै नेपालमा प्रदेश स्तरीय अनलाइन निर्वाचन सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ।
‘दलको २५ पैसा पनि खर्च भएको छैन। एक पाना पनि छपाई नगरी सम्पन्न गरिएको हुनाले वातावरण प्रदुषण रहित मतदान सम्पन्न गरियो’, विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारी भत्ता, तलब, पाल, ब्यालेट बाकस ,छापलगायतका विविध व्यवस्थापन तथा खर्चहरु कुनै पनि नगरिकन निर्वाचन सम्पन्न भयो।’ 

मतदाताको अनुकुल समयमा मतदाताले मतदान गर्न पाउने सुविधा दिइएको विज्ञप्तिमा उल्लेख छ। 

पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने  आयोजक समितिमा केन्द्रीय सदस्य बाहेक , २१ नयाँ सदस्य थपेर राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिने छ। 

पार्टीको केन्द्रले हरेक प्रदेशबाट २-२ गरी कुल १६ जना प्रतिनिधि माग गरेर, कुल २१ जना नयाँ सदस्य थप गर्ने वैधानिक प्रणालीको विकास गरेको थियो। सोही अनुसार अनलाइन निर्वाचन सम्पन्न भएको हो। विवेकशीलले प्रवासलाई आठौं प्रदेशको संज्ञा दिएको छ।

‘निर्वाचनका लागि ब्यालट बिन नामक सफ्टवेयरको प्रयोग गरिएको थियो भने निर्वाचनको समय सकिएको ५ मिनेटमा नै परिणाम उपलब्ध गराउन पनि संचालक सफल भएका थिए’, विज्ञप्तिमा भनिएको छ।  

विज्ञप्ति

नेपालमै पहिलोपल्ट विवेकशील नेपाली दलले अनलाइन निर्वाचन मार्फत प्रतिनिधि छान्ने ऐतिहासिक कदम चालेको छ। यस निर्वाचनको अर्को रोचक पक्ष यो पनि हो कि निर्वाचन सञ्चालक श्रीकृष्ण भट्टराई(अमेरिका), कर्मा लामा तामांग(जर्मनी) र संजय रिमाल(अमेरिका) ले विदेशबाटबाट नै नेपालमा प्रदेश स्तरीय अनलाईन निर्वाचन आयोजना गर्न सफल भए।

यस निर्वाचनका केहि बिशेसताहरु:

  • दलको २५ पैसा पनि खर्च भएको छैन।
  • एक पाना पनि छपाई नगरिकन सम्पन्न गरिएको हुनाले वातावरण प्रदुषण रहित मतदान सम्पन्न गरियो।
  • कर्मचारी भत्ता, तलब,पाल, ब्यालेट बाकस ,छाप,लगायतका बिबिध ब्यवस्थापन तथा खर्चहरु कुनै पनि नगरिकन निर्वाचन सम्पन्न भयो।
  • मतदाताहरुले लाइनमा नबसिकन निर्वाचन सकियो।
  • मतदाताको अनुकुल समयमा मतदाताले मतदान गर्न पाउने सुबिधा पनि प्राप्त गरे।
     

चाँडै आयोजना गरिन लागिएको पार्टीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने उद्देश्यले अब गठन गरिने आयोजक समितिमा केन्द्रीय सदस्यहरु बाहेक , २१ जना नयाँ सदस्यहरु थपेर राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरिने छ। त्यसै उद्देश्यले पार्टीको केन्द्रले हरेक प्रदेशबाट २-२ जना गरि कुल १६ जना प्रतिनिधि माग गरेर, कुल २१ जना नयाँ सदस्य थप गर्ने वैधानिक प्रणालीको विकास गरेको थियो। आफ्ना प्रदेशबाट सो २ जना प्रतिनिधि छान्ने जिम्मेवारी अनलाईन निर्वाचन पद्धति मार्फत नै प्रदेश-३ र प्रदेश ८(प्रवास समिति)ले सफलता पूर्वक सम्पन्न गरेको छ।

यस निर्वाचनकालागि ब्यालट बिन नामक सफ्टवेयरको प्रयोग गरिएको थियो भने निर्वाचनको समय सकिएको ५ मिनेटमा नै परिणाम उपलब्ध गराउन पनि संचालक सफल भएका थिए।मिति २०७६ साल बैशाखमा भर्खरै सम्पन्न भएको निर्वाचनमा सुरेश भट्ट आश्रिन र सारा प्याकुरेल प्रदेश ८ को र सरला लामिछाने र सन्जिब भट्टराई प्रदेश ३ को बिजेता भए। मतदानको केही हप्ता अगाडिदेखि नै उमेदवारले आफ्नो परिचय दिने र मतदाताहरुसँग मतको लागि अनुरोध गर्ने कार्य पनि सोही प्रविधि मार्फत नै गरियो। आफ्नो जीवनकालमा पहिलोपटक अनलाइनमार्फत मतदान गर्ने सुअवसर पाएकोमा सम्पूर्ण मतदाताहरु उत्साहित र रोमाञ्चित अनुभव बाड्न थालेको पाइएको छ।
विवेकशील नेपाली दलले प्रवास समितिलाई एउटा छुट्टै प्रदेशको मान्यता दिलाएको छ। दलले प्रवास समितिलाई प्रदेश ८ को संज्ञा पनि दिएको छ। त्यसैगरी विदेशमा रहेका नेपालीहरुको मतदान गर्ने अधिकार सुनिश्चित मात्र होइन, उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने साहस समेत गरेको छ।

एक्काइसौं शताब्दीमा प्रविधिको उच्चतम प्रयोग गर्दै रोचक उदाहरण पेश गर्न सफल विवेकशील नेपाली दल समाज र राज्य दुबै लाभान्वित हुनसक्ने प्रबिधिलाई नेपाल सरकारले विभिन्न राष्ट्रिय स्तरका कार्यक्रमहरुमा अविलम्ब प्रयोग गर्नुपर्ने आवश्यकता महशुस गर्दै सो को लागि नेपाल सरकार समक्ष विनम्रतापूर्वक अनुरोध गर्दछ।

अनुमा कोइराला

मिडिया सम्योजक

बिबेकशील नेपाली दल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.