पहिचान पुरस्कार ‘नथिया’ र ‘आफर’लाई दिइयो
काठमाडौं : २०७५ सालको पहिचान पुरस्कार सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र संयुक्त कविता संग्रह ‘आफर’ लाई प्रदान गरिएको छ ।
२ लाख २ हजार रकम सहितको यस पुरस्कार केही महिनाअघि नै घोषणा गरिए पनि शुक्रबार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । बैरागी काइँलाको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा लेखक तथा नेता आहुतीले पनि यसबारे आफ्नो बिचार व्यक्त गरेका थिए । यसअघि राजन मुकारुङ, अर्जुन खालिङ, यज्ञश लगायत लेखकले पहिचान पुरस्कार प्राप्त गरिसकेका छन् ।
यस वर्ष भने सरस्वतीको ‘नथिया’ र उन्मुक्त पुस्ता समूहको संयुक्त कविता संग्रह ‘आफर’लाई साझा रुपमा दिइएको हो ।