हिन्दु राष्ट्रका पक्षमा हुने संघर्षमा उत्रन राप्रपाको अपिल

हिन्दु राष्ट्रका पक्षमा हुने संघर्षमा उत्रन राप्रपाको अपिल

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दु राष्ट्रका पक्षमा हुने संघर्ष र आन्दोलनका लागि सडकमा उत्रन आम जनतालाई अपील गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सबैलाई अपील गरेको हो।

'हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपा आव्हान गर्दछ' बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,'हिन्दु राष्ट्रको पक्षमा हुने संघर्ष र आन्दोलनमा सडकमा उत्रन विभिन्न धार्मिक संघ, संस्था, धार्मिक समुदाय र आम जनसमुदायलाई राप्रपा आव्हान गर्दछ।'

बैठकले पहिलो चरणको जनसंघर्षको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा समेत गरेको छ। त्यसैगरी बैठकले भोलि हुने भनिएको पूर्वघोषित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.