परराष्ट्र मामिला अध्ययन केन्द्रमा श्रेष्ठ

परराष्ट्र मामिला अध्ययन केन्द्रमा श्रेष्ठ

काठमाडौं : परराष्ट्र मामिला अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्वएआइजीपी (अतिरिक्त महानिरिक्षक) राजेश श्रेष्ठ नियुक्त भएका छन्। हालसालै बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नियुक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए।

एक वर्षदेखि नेतृत्व विहीन बनेको केन्द्रको कार्यकारी निर्देशक नियुक्तिको लागि अन्तिम चरणमा नेपाली सेनाबाट २ जना पूर्वउपरथी र पूर्वएआइजीपी श्रेष्ठ चयन भएका थिए। विभिन्न कोणबाट मूल्यांकनपछि पूर्वएआइजीपी श्रेष्ठ कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्।

तत्कालिन कार्यकारी निर्देशक प्राध्यापक पन्नाकाजी अमात्यको निधनपछि अध्ययन केन्द्र नेतृत्व विहीन बनेको थियो। अध्ययन केन्द्र स्रोतका अनुसार नवनियुक्त श्रेष्ठले छिट्टै पदभार ग्रहण गर्ने तयारी गरेका छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.