पहिलो ओभरमा विकेट लिएका सन्दीपले दोस्रो ओभरमाा चार चौका दिए
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने पहिलो ओभरमै विकेट लिएका छन्।
टस जितेर फिल्ड रोजेको दिल्ली क्यापिटलका लागि दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले तेस्रो बलमा विकेट लिएका हुन्।
सन्दीपले किंग्स इलाभेन पञ्जाबका ओपनर केएल राउललाई १२ रनमा आउट गरेका हुन्। राउलले सन्दीपको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए।
व्यक्तिगत दोस्रो ओभरमा भने सन्दीप महंगो सावित भए। सन्दीपको बलमा क्रिस गेलले लगातार चार चौका प्रहार गरे।