आईएसद्वारा २७ लडाकुको हत्या

आईएसद्वारा २७ लडाकुको हत्या

बेरुत : इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकुले सिरियाको सरकारसमर्थक २७ जना लडाकुको हत्या गरेका छन्। सिरियामा आईएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ। 

बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा चारजना सिरियाली सैनिक सहित सरकार समर्थित २७ जना लडाकुको हत्या भएको जनाएको छ। सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आईएस लडाकुले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ। 

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आईएसका अखडा ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताए। 

अब्जरभेटरीका अनुसार भिडन्तमा आइएसका ६ जना लडाकुको समेत मृत्यु भएको छ। विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा शहर हुँदै इराकी सीमा नजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ। यो क्षेत्रमा पछिल्लो समय आईएसले आश्रयस्थल बनाएको छ। रासस/एएफपी  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.