सन्दीपले लिए क्रिस गेलको विकेट
काठमाडौं : नेपाली लेग स्पीनर सन्दीप लामिछानेले क्रिस गेलको विकेट लिएका छन् । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको दिल्ली क्यापिटल र किंग्स इलाभेन पञ्जबीचको खेलमा सन्दीपले गेलको विकेट लिएका हुन् ।
व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले १२.२ ओभरमा गेललाई आउट गरेका हुन् । गेल ३७ बलमा ६९ रन बनाएर आउट भएका हुन् । सन्दीपले पहिलो ओभरमा केएल राउललाई १२ रनमै आउट गरेका थिए ।
तीन ओभर बलिङ गर्दा सन्दीपले तीन विकेट लिएर ३३ रन मात्र दिएका छन् ।