प्रदेश ३ मा लगानी सम्मेलन

प्रदेश ३ मा लगानी सम्मेलन

भरतपुर : प्रदेश ३ को सरकारले प्रदेशमा लगानी भित्त्याउन लगानी सम्मेलन सुरु गरेको छ। प्रदेशमा भएका विकासका अवसर र सम्भावनाको खोजीका लागि प्रदेश सरकारले पहल थालेको हो। औधोगिक र लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरेको छ।

प्रतिष्ठित उद्योगी व्यवसायीलाई सम्भावनाको खाका प्रस्तुत गर्दै लगानीको वातावरण बनाउन लागेको हो। निजी क्षेत्रसँग अन्तक्र्रिया गरेर लगानीका लागि वतावरण तय गर्न सम्मेलन केन्द्रित गरिएको छ।

सम्मेलनमा रणनीतिक महत्त्वका क्षेत्र र आयोजना, उद्योग, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा लगानीका लागि प्रस्ताव गरिएको छ। लगानीका लागि उद्योगीले बेहोर्नुपरेका झन्झटबाट मुक्त बनाएर लगानीमैत्री वातावरण तय गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिबद्धता जनाए। ‘हिजो जे समस्या थिए अब हुँदैन, हामी नयाँ ढंगबाट सहकार्य गरेर अघि बढ्न चाहन्छौं’, पौडेलले भने ‘ लगानीको माहोल बन्नेमा शंका होइन अब ढुक्क भए हुन्छ हामी बोलेर होइन गरेर देखाउँछौं।’

लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाउँदै लगानीका लागि ढुक्क हुन आग्रह गर्दै प्रदेश सरकारले योजना अघि सारेको छ। प्रदेश नीति तथा योजना आयोगले विकासको सम्भावित योजनाको खाका प्रस्तुत गरेको छ। सोही प्रस्तावमा छलफल सुरु गरिएको छ। सम्मेलनमा मुलुकका प्रतिष्ठित उद्योगी व्यवसायीको सहभागीता छ। प्रदेशमा भएका विकासका अवसर, सम्भावना र त्यसका चुनौतीबारे छलफल गरिएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न नसके विदेशी लगानीकर्ता भित्त्याउन नसकिने बताए। ‘स्वदेशकै उद्योगी आकर्षित नभए विदेशी लगानीकर्ता आउँछन् भन्ने सपना नदेखे हुन्छ’, उनले भने, ‘निजी क्षेत्रलाई सकारात्मक दृष्टिले इमान्दार भएर सहकार्य नगरेसम्म विकास हुँदैन।’

पूर्वअर्थमन्त्री रामशरण महतले उद्योगीलाई ढुक्कको वातावरण नबनाए लगानी नहुने बताए। शान्ति सुरक्षा र पूर्वाधार परिधिको फराकिलो बनाउनुपर्ने धारणा राखे। परिधि विकास नगरेसम्म लगानीको वातावरण नहुने उनले बताए। ‘ सामान्य कामका लागि पनि उद्योगीले कार्यालय धाउँदै दुःख पाउने अवस्थाको अन्त्य नभएसम्म न निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न सक्छौ, न सरकारको लगानीले सोचेजती प्रतिफल दिनसक्छ’, महतले भने, ‘सरकारले माहोल बनाउनुपर्छ अनि मात्र सोचेअनुसार लगानी हुन्छ।’

सम्मेलनमा दुई सयभन्दा बढी उद्योगी व्यवसायीको सहभागीता छ। लगानी सुरक्षाको विषयलाई उद्योगीले प्राथमिकता दिएका छन्। सम्मेलनमा उत्पादनमा लागेका उद्यमीको सहभागीता छ। विभिन्न सातवटा विषयमा विज्ञहरूले सम्भावनाबारे खाका प्रस्तुत गरेका छन्। प्रदेशले उद्यमीलाई गर्ने सहयोग र निजी क्षेत्रले गर्ने लगानीको विषयमा छलफल अघि बढाएको छ। उद्योगपति विनोद चौधरीले भारतबाट आयतित बस्तुसँग नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन राज्यले नीति तय गर्नुपर्ने बताए। ‘पूर्वाधार विकास गरेर गाउँका उत्पादनले प्रतिस्पर्धा नगरेसम्म उद्योग चल्दैन’, चौधरीले भने ‘उत्पादन बढाउन साना उद्योगदेखि ठूला सबैलाई सम्बोधन हुनपर्छ।’

प्रदेश सरकारले पाँच वर्षमा कुल गार्हस्थ उत्पादन ११ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ०.७ प्रतिशतबाट बढाएर ५.५ प्रतिशत पुर्‍याउने जनाएको छ। त्यस्तै प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन एक लाख ९५ हजारबाट वृद्धि गरी चार लाख पाँच हजार पुर्‍याउने भनिएको छ। गरिबीको रेखामुनिको जनसंख्या ७ प्रतिशतमा झार्ने योजना अघि सारिएको छ। प्रदेश सरकारले शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उदघाटन गरेका थिए। उनले निजी क्षेत्रको सहकार्यबिना विकास असम्भव रहको बताए। सम्पदामैत्री गुणस्तरीय पर्यटन, विशिष्टीकृत सेवा र मानव स्रोतको विकास, ठूला, मझौला, साना, घरेलु र लघु उद्यममा लगानीका लागि जोड दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.