देश दौडाहामा दाल भात तरकारी

देश दौडाहामा दाल भात तरकारी

काठमाडौं : चलचित्र ‘दाल भात तरकारी’को रिलिज हुने दिन नजिकिएसँगै प्रचारप्रसार पनि अन्तिम चरणमा पुगेको छ। चैत २४ बाट सुरु भएको मेची महाकाली यात्रा देशका प्रमुख सहर बिर्तामोड, दमक, इटहरी, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, दाङ, पोखरामा पत्रकार सम्मेलन एवं रोड सो गरी सकिएको छ। काठमाडौंको चाबहिल र बालाजुमा भने आगामी ९ गते अन्तिम प्रोमोसन कार्यक्रम हुने बताइएको छ।

कार्यक्रममा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, रामचन्द्र काफ्ले, जुनु रिजाल, राजन खैराते, उदय, भीष्म संग्रौला एवं प्राविधिकसमेत गरी १६ जना सहभागी थिए। रुस्लान र होटेल व्यवसायी संघले मुख्य प्रायोजन गरेको कार्यक्रममा उत्साहवर्धक रूपमा दर्शक श्रोता सहभागी थिए।

हरेक सहरमा बिहान पत्रकार सम्मेलन गरी बेलुका ३ बजे रोड सो गरिएको कलाकार एवं चलचित्र दाल भात तरकारीका प्रस्तोता किरण केसीले बताए। देशकै प्रमुख कलाकारहरू आफ्नै सहरमा आउने र निःशुल्क रोड सोसमेत हेर्न पाइने उत्साहले दर्शक र श्रोता अत्यधिक जम्मा भएको उनको भनाइ छ। रोड सोको मुख्य आकर्षणका रूपमा हरिवंश आचार्य, किरण केसी, जुनु रिजाल, रामचन्द्र काफ्लेको गायन; आँचल शर्मा, पुष्प खड्का र विल्सनविक्रम राईको नृत्य एवं शिवहरि पौडेल र हरिवंशको एकल प्रस्तुति प्रमुख छन्।

तुलनात्मक रूपमा घोषणा गरेको दिनबाटै चर्चामा रहेको चलचित्र दाल भात तरकारीको गीत ‘भिजिट भिसामा’ले युट्युबमा ५८ दिनसम्म आइपुग्दा एक करोड ५७ लाख भ्यु पाइसकेको छ। साथै ‘टिकटक’मा समेत उक्त गीत अहिलेसम्मकै हिट देखिएको छ।

२९ गते ट्रेलर सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आइरहेको प्रस्तोता केसी बताउँछन्। अघिल्ला चलचित्र ‘तँ त साह्रै बिग्रिस् नि बद्री’, ‘जे भो राम्रै भो’, ‘शत्रु गते’बाट अत्यधिक दर्शक पाएको मह सञ्चारको ब्यानरमा बनेको चलचित्र २० गते रिलिज हुँदै छ। शतप्रतिशत नेपाली कथामा आधारित, अघिल्ला चलचित्र सफल रहेका र आम दर्शकको माया अनि प्रतिक्रियाले पनि धेरै आशावादी रहेको केसी बताउँछन्।

‘हामीले सबै ठाउँमा उत्तिकै माया र समर्थन पायौं। पोखरामा त प्रहरीले भीड नियन्त्रण गर्न नसकेर लाठी चार्ज गर्नु पर्‍यो। दर्शक र श्रोताको हौसलाले हामीलाई धेरै उत्साहित बनाएको छ।’ सबैजना कहिले २० गते आइपुग्छ भनेर प्रतीक्षारत रहेको र हलवाला डिस्ट्रिब्युटर्ससमेत दिन गनेर बसिरहेको उनी बताउँछन्। साथै व्यावसायिक घरानाबाट पहिलो दिनका लागि १६ वटा सो बुक भइसकेको उनको भनाइ छ।

सबै उमेर समूहका मानिस हातहातमा मोबाइल बोकेर कार्यक्रममा सहभागी भएको, हरेक कार्यक्रममा चोक, सडक हल्लिने गरी हुटिङ भएको केसी सुनाउँछन्। कार्यक्रम सकेपछि पनि घण्टौंसम्म शुभचिन्तकसँग भेटघाट, प्रतिक्रिया गर्न पाउँदा खुसी लागेको र आशीर्वाद पाएको उनले बताए।

दुई करोड रुपैयाँभन्दा बढी खर्चमा बनेको भनिएको उक्त चलचित्रमा हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, विल्सनविक्रम केसी, राजाराम गौतम, क्यामेराम्यान र डाइरेक्टरको पारि श्रमिक जोडिएको उनले सुनाए। यसमा सुदन केसीले निर्देशकका रूपमा डेब्यु गर्दै छन्। दुई घण्टा सात मिनेटको चलचित्रमा तीन वटा गीत छन्। चलचित्रको कथा, पटकथा, संवाद र गीत हरिवंश आचार्यले लेखेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.