सरकारी चिकित्सकको माग संघीयता विरोधी : मन्त्री पण्डित

सरकारी चिकित्सकको माग संघीयता विरोधी : मन्त्री पण्डित

काठमाडौं : सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरूलाई संघ अन्तर्गत राखी समायोजन नगर्ने भएको छ।

चिकित्सकहरूको माग संघीयता विरोधी भएको निष्कर्षमा पुगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उनले आइतबार सञ्चारकर्मीसँग भने, ‘संघ अन्तर्गत राख्नु भन्नु संघीयता विरोधी कुरा हो। अस्पताल प्रदेशको हुने तर डाक्टर संघको हुने भन्ने कुरा लागू हुँदैन।’

सरकारी चिकित्सक संघ (गोदान) को आव्हानमा चिकित्सकले आकस्मिक सेवा बाहेक अन्य सेवाहरू ठप्प पारेपछि सरकारले १५ दिनको समय मागेको थियो। माग सम्बोधन हुने आसमा रहेका सरकारी चिकित्सकले आन्दोलन स्थगित गरेका थिए।

चिकित्सकले उपचार सेवामा अवरोध भने गर्न नहुने मन्त्री यादवले बताए। आन्दोलनरत सरकारी चिकित्सकले भने संघ अन्तर्गत समायोजन नगरे राजीनामा दिने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.