विप्लव समूहका तीन कार्यकर्ता रिहा
तेह्रथुम : जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हिरासतमा राखिएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन कार्यकर्ता आईतबार रिहा भएका छन् । २६ दिन अघि पक्राउ परेका म्याङलुङ नगरपालिका–८ का हेम बहादुर लिम्बु , दमक नगरपालिका–२ झापाका नगेन्द्र लिम्बु र भोजपुर अरुण गाउँपालिका–१ का अम्बरबहादुर मगरलाई जनही ५/५ हजार धरौटीमा रिहाई गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी हुमागाईले बताइन् ।
रिहा भए लगत्तै नेकपाका तीनै जनाले ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गरेका छन् । सामान्य किसान र मजदुरी गर्दै आएका उनीहरुले विप्लव नेतृत्वको नेकपामा आबद्ध भए पनि आगामी दिनमा स्वतन्त्र नागरिक भएर बाच्न चाहेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् । ‘अब सामान्य नागरिक भएर आगामी दिनमा समाजको विकासका लागि अघि बढ्ने छौ’ रिहा भएका हेम बहादुरले भने ।