मुन्दुम ट्रेल रेस बैशाख १४ मा

मुन्दुम ट्रेल रेस बैशाख १४ मा

भोजपुर : १ सय पर्यटकीय गन्तव्यमा सूचिकृत टेम्केडाँडा मुन्दुम ट्रेललाई प्रवर्द्धन गर्ने उद्देश्यले यहि बैशाख १४ गते मुन्दुम अल्ट्रा ट्रेल रेस हुने भएको छ। ३८ किलोमिटर दूरीको उक्त दौड टेम्केमैयुङ गाउँपालिका-१, तिम्माको सुम्लिखाबाट सुरु भई पान्धारेबजारको पान्धारे स्कुलमा आई सम्पन्न हुने आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमी भोजपुरले जनाएको छ। 

सुम्लिखाबाट एकराते, चुचेबौद्ध, हाँसपोखरी, मेरुङ, मलुवापोखरी, चखेवा, साउबास हुँदै टेम्केमैयुङ गाउँपालिकाको लेखर्क पान्धारे बजारमा आएर सकिने दौडमा जिल्लाभित्र र बाहिरका विभिन्न धावकले सहभागिता जनाउन सक्नेछन्। दौडबाट पर्यटकीय मुन्दुम पदमार्गको प्रबद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकीय आर्कषण बढाउने मुख्य लक्ष्य लिइएको आयोजक एकाडेमीका संयोजक पावीहाङ राईले जानकारी दिए।

टेम्केमैयुङ गाउँपालिकाको मुख्य प्रायोजन रहेको उक्त दौड प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने महिला र पुरुष धावकले क्रमश २५ हजार, २० हजार, १५ हजार, १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र हासिल गर्नेछन्।

विभिन्न विद्यामा आयोजना हुने दौडमा ४० वर्ष उमेरभन्दा माथिकालाई पनि विशेष प्राथमिकता दिइएको छ। त्यसमा प्रथम, दोस्रो र तेस्रो हुनेले धावकले पनि क्रमश १० हजार, ८ हजार, ५ हजार मेडल र प्रमाण पत्र पाउने छन्। 

त्यस्तै समुहसमुह बनाई लगाईने दौडको विधामा प्रथम, दोस्रो र तेस्रो हुने समुहले पनि १० हजार, ८ हजार, ५ हजार ट्रफि पाउनेछन्। त्यस्तै दौडमा उत्कृष्ट धावक एकजनाले ५ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकको भनाई छ। 

जिल्लाभित्रै एउटा कुशल, स्वस्थ दक्षजनशक्ति उत्पादन गर्नु पनि दौडको अर्को लक्ष्य रहेको एकाडेमीका सचिव संग्राम राईले जानकारी गराए।उनले भने, 'दौडको उपलब्धि प्रतियोगिताको लागि मात्र दौड लगाउनु होइन। दौडले राम्रो धावक, स्वस्थ्य दक्षजनशक्तिको पनि उत्पादन गर्न मद्दत गर्छ। दौडबाट केटाकेटीदेखि उमेर ढल्केकाहरुलाई दिमाग, शरीर, संवेगात्मक हिसाबले तन्दरुस्त राख्न मद्दत गर्ने भएकाले हामीले यो म्याराथुनलाई प्रोत्साहन स्वरुपमा पनि लिएका हौँ।'

यसअघि पनि एकाडेमीको आयोजनामा ५२ किलोमिटरको मुन्दुम ट्रेल रेस २०१७ र २०१८, ३६ किलोमिटर दूरीको भोजपुर ट्रेल रेस २०१९, विश्व अल्ट्राधावक मिरा राईको सम्मानमा आयोजित भोजपुर ट्रेल रेस २०१७ र २०१८ अल्ट्रा ट्रेल रेस सम्पन्न गरिसकको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.