आमाबुवाको मृत्यु पछि छोराछोरीको बिचल्ली, कामको खोजीमा १२ वर्षीय बालक भौतारिदै

आमाबुवाको मृत्यु पछि छोराछोरीको बिचल्ली, कामको खोजीमा १२ वर्षीय बालक भौतारिदै

खाँदबारी : संखुवासभाको पाँचखपन नगरपालिका-३ साउनेका दुई बालबालिका बेसाहारा भएका छन्। बुवाआमाको मृत्यु पछि १२ वर्षीय छोरा किरणसिं राई र १० वर्षीय छोरी प्रमिला राई बेसाहारा भएका हुन्। 

गत वर्षको कात्तिकमा बुवा धनबहादुर राईले आत्महत्या गरेपछि नाबालक दुई छोराछोरीको बिचल्ली भएको हो। १२ वर्षीय किरणसिं कामको खोजीमा सदरमुकाम खाँदबारी आइपुगेका छन्।गत शैक्षिक सत्रमा कक्षा पाँचमा अध्ययन गर्दै आएका उनी बहिनीलाई ठूलो मान्छे बनाउने आशाका साथ खाँदबारी आएका छन्। 

दाजु बहिनी आइताबारे निम्न माध्यमिक विद्यालय पाँचखपनमा अध्ययन गदै आएका थिए। किरणसिंह अहिले अध्ययन छाडेर खाँदबारीको एक होटलमा काम गर्न सुरु गरेका छन्। बहिनी प्रमिलालाई पनि खाँदबारीमा नै ल्याएर पढाउने उनेको धोको छ।  

उनको आमाको पहिले नै हत्या भएको थियो। आमाको हत्या पछि बुवासँग बस्दै आएका दुई छोराछोरीको पढाइमा समेत असर पुगेको छिमेकी मकर राईले बताए।

 उनीहरुका दुईजना दाजुहरु पनि छन्। जेठो दाजु विक्रम चोरीको अभियोगमा ३ वर्ष अघिबाट काठमाडौंमा जेलमा रहेको भाइ किरणसिंले बताए। माइलो दाजु मनसिं छुट्टै बस्दै आएका छन्।

दाजुलाई भाउजुले छोडे पछि दाजुपनि बाहिर काम गर्ने गरेको उनको बताए।बुवाको मृत्यु पछि दाजुबहिनी छिमेकी विनिता तामाङको घरमा बस्दै आएका थिए। बहिनी अहिले पनि छिमेकीकोमा बस्दै आएकी छिन् । सधैं छिमेकीकोमा बस्न गाह्रो हुने भएकाले आफू घर छाडेर हिँडेको राईले बताए।'दुई दाजुबाट पनि सहयोग नपाएपछि बहिनीलाई बढाउने लक्ष्य लिएर काम खोज्दै खाँदबारी आए, उनले भने, 'होटलमा काम पाएँ अब बहिनीलाई पनि यतै ल्याउँछु।'

उनले अहिले एक होटलमा सहयोगीको रुपमा काम गर्न सुरु गरेका छन्। होटलमा चियाखाने क्रममा पुगेका छिमेकी मकर राईलाई उनले बहिनीलाई पनि खाँदबारीनै ल्याई दिन आग्रह गरेका छन्। गाउँमा बहिनीलाई दुःख हुने भन्दै उनले बहिनीलाई पनि यतै ल्याइदिन भनेका छन्। 

बहिनीलाई पनि अर्को एक होटलमै राखेर काम गराउँदै पढाउने उनले बताए। होटलमा सधैं मिठो खाँदै काम गर्न पाइन्छ भन्ने सुनेकै भरमा किरणसिंले होटलमा काम गर्न सुरु गरेको बताए।कालो भाँडा माझेर चम्काएजस्तै होटलमा काम गरेर बहिनीको भविश्व पनि चम्काउने लक्ष्य लिएर उनी सहर छिरेका हुन्। 

छिमेकी मकर राईले भने यी बालबालिको भविश्व अन्धकार हुने भएको भन्दै उनीहरुको अध्ययनका लागि सहयोगी संघसंस्थको खोजी गरिदिन अनुरोध गरेका छन्। अध्ययनसँगै खानपान आवासको पनि उचित प्रबन्ध भए उनीहरुको भविश्य उज्वल हुने राईले बताउँछन्। उनी भन्छन्, 'विद्यालय जाने बालक होटलमा सहयोगी भएर काम गरेको देख्दा दुःख लाग्छ' किताब कलम बोक्ने हातले होटलको जुठो भाँडा माझेको देख्दा साह्रै नराम्रो लाग्छ।' भविश्वका कर्णधारनै अभावका कारण बालश्रम गर्न बाध्य भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.