टिपरमा ठोक्किएर घिसारिएपछि मोटरसाइकलमा यसरी लाग्यो आगो

टिपरमा ठोक्किएर घिसारिएपछि मोटरसाइकलमा यसरी लाग्यो आगो

भक्तपुर : अरनिको राजमार्गस्थित भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजारमा सोमबार टिपरमा ठोक्किएर सडकमा घिस्रिन पुगेको मोटरसाइकलमा आगलागी भएको छ। आगलागीले मोटरसाइकलमा पूर्ण क्षति पुगेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पाण्डोबजारबाट अरनिको राजमार्ग प्रवेश गर्न लागेको बा ४ ख ५७३४ नम्बरको टिपरमा सूर्यविनायकबाट काठमाडौंतर्फ आउँदै गरेको को २१ प ३९५४ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

टिपरमा ठोक्किएको मोटरसाइकल करिब १० मिटर घिस्रिएको थियो। कालोपत्रे सडकमा घिस्रिएसँगै मोटरसाइकलमा आगो लागेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलमा लागेको आगो भक्तपुर जुद्ध बारुण यन्त्रको दमकलले नियन्त्रणमा लिइएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक रामेछापको उमाकुण्ड गाउँपालिका ३ बस्ने २३ वर्षीय राजु गुरागाईं र २६ वर्षीय गोविन्द गुरागाईं घाइते भएका छन्। उनीहरुको भक्तपुरको मध्यपुर अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.