ढुंगाले हानेर श्रीमान‍्को हत्या

ढुंगाले हानेर श्रीमान‍्को हत्या

तानसेन : रैनादेवी छहरा गाउँपालिका-३ भुवनपोखरी छचुवाकी एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन्।श्रीमती मंगली कुमालले ४२ वर्षीय श्रीमान लोकबहादुर कुमाललाई ढुंगाले हानेर घाइते बनाएकी थिइन्।

श्रीमान् कुमालको तानसेन मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।ससुराली गएको समयमा श्रीमती मंगलीले लोकबहादुरलाई ढुंगाले हानेर गम्भीर घाइते बनाएकी थिइन्।प्रहरीले मंगलीलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ।मंगली सुस्त मनस्थितिको रहेको पाल्पा प्रहरीले जनाएको छ। 

यसैगरी रैनादेवी छहरा गाउँपालिका-८ ढुङ्गेखोला सडकमा मोटरसाइकलको पछाडी सवार यात्रुले खुकुरी प्रहार गर्दा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

लु २१ प ७३२ नम्बरको मोरसाइकलमा सवार पछाडी बसेका अर्घाखाची छत्रदेव गाउँपालिका-४ बस्ने २७ वर्षीय सुवास भुसालले सोही स्थान निवासी ३० वर्षीय कैलाश भुसाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनामा संलग्न सुवासलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको पाल्पा प्रहरीले जनाएको छ। घाइतेको लुम्बिनी अञ्‍चल अस्पताल बुटवलमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.