पोखराबाट २ जना बिरामी पर्यटकको उद्दार

पोखराबाट २ जना बिरामी पर्यटकको उद्दार

पोखरा : पोखरामा दुई बिरामी पर्यटकको उद्दार गरिएको छ। पोखराको विभिन्न स्थानमा बिरामी परेका पर्यटकको पर्यटन प्रहरी कार्यालय पोखराले उद्दार गरी आफन्तलाई जिम्मा लगाएको हो।

इरानबाट पोखरा घुम्न आएकी २९ वर्षिय जाहारा रसिद्धि सोमवार दिउँसो फेवाताल किनारको फुटट्याक हुँदै सेदीतर्फ नग्न हिडिरहेको अवस्थामा उद्दार गरिएको हो। 

स्थानीयले सूचना दिएपछि पर्यटन प्रहरीले महिला प्रहरीको सहयोगमा लुगा लगाई दिएको थियो। नाग्गै हिड्नु पर्ने कारण बुझने क्रममा अनुसन्धान गर्दा उनि १० वर्षअघि बिरामी भएर ठिक भएको र गत दुई तीन दिनदेखि विमार फरि दोहोरिएको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरिक्षक विधान सिह क्षेत्रीले जानकारी दिए। 

यसैगरी पर्यटक प्रहरीले पोखराको लेकसाइडस्थित एक होटलमा बिरामी परेर थुनिएको अवस्थामा बेलायती पर्यटकलाई उद्दार गरेको छ। ६५ वर्षिय बेलायती नागरिक गोर्डन पीटर ब्ल्याट २४ दिनदेखि लेकसाइडको बटरफ्लाई लजमा बस्दै आएका थिए। तीन दिनअघि उनी अचानक बिरामी भएका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.