ज्यान मुद्दाका आरोपित ३३ वर्षपछि पक्राउ
स्याङ्जा : कर्तब्य ज्यान मुद्धाका आरोपी ३३ बर्षपछि पक्राउ परेका छन्। हरिनाश गाउँपालिका–३ का ८४ बर्षे मनबहादुर गुरुङ् मंगलबार पक्राउ परेका हुन्।
ज्यान मुद्धाका आरोपी गुरुङ्लाई पश्चिमाञ्चल क्षेत्रिय अदालत पोखराले २०४२ असोजमा ९ बर्ष ५ महिनाको सजाय तोकेपछि उनी फरार रहेको प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए।
गाउँमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ। गुरुङ्लाई जेल चलान गरिएको छ।