स्याउको कन्टेनरमा लुकाएको सात किलो सुन बरामद

स्याउको कन्टेनरमा लुकाएको सात किलो सुन बरामद

नुवाकोट : रसुवागढी नाकाबाट सात किलो सुन बरामद भएको छ। मंगलबार दिउँसो ना छ ख ९०६८ नम्बरको स्याउ बोकेको कन्टेनरमा लुकाएर राखेको अवस्थामा प्रहरीले सुनका सातवटा विस्कुट बरामद गरेको हो। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा सुन बरामद गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। कन्टेनर रसुवाबाट स्याउ बोकेर काठमाडौं जान लागेको थियो। कन्टेनरको क्याबिनको बायातर्फ लुकाएर राखेको अवस्थामा सुन बरामद भएको डीएसपी सन्तोष तामाङले जानकारी दिए। 

सात किलो सुन बरामद भएपछि रसुवागढी नाकाको चेकजाँचमा कडाई गरिएको छ। सुन बरामद भएको ठाउँ काठमाडौंबाट १५२ किलोमिटर उत्तरमा पर्छ। रसुवाको गोसाइकुण्ड गाउँपकिाल २ टिमुरे घट्टेखेलाबाट सुन बरामद भएको हो। प्रहरीले सुन बरामद भएपछि कन्टेनर र  चालकलाई नियन्त्रणमा लिएको छ। 

चालक रसुवा नौकुण्ड ठाउँपालिका १ का शेरबहादुर ग्याल्बोलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।  भूकम्प र पहिरोपछि तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका खुला भएको हो। सुन तस्करले यो नाकालाई ट्रान्जिट बनाएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.