ताप्लेजुङमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता

ताप्लेजुङमा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता

काठमाडौं : ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेपालकै सर्वाधिक धन राशीको ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगता’ हुने भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवम् सांसद योगेश भट्टराईको उपस्थितीमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो। 

प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख ५१ हजार पाँचसय पाँच रुपैयाँ, उपविजेतालाई एक लाख ७६ हजार दुई सय ५१ रुपैयाँ र सेमी फाइनलका टिमलाई ५० हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको कुल लागत ३६ लाख ५६ हजार रहेको बताइएको छ। 

वैशाख २२ देखि २६ गतेसम्म मैवाखोला गाँउपालिका ३ साँघुस्थित नारायणी माविको खेल मैदानमा हुने खेलको नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ निवासी काठमाडौंका व्यवसायीहरु बलबहादुर तामाङ, ईश्वरी पौडेल र रमेश बरालले गरेका छन्। 

नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथीभरा क्लबको सहआयोजनामा प्रतियोगिता हुने संयोजक दिवस चोङवाङले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.