हस्तकला कालिगढबारे अन्तरक्रिया सम्पन्न

हस्तकला कालिगढबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं : हस्तकला कालिगढ तथा उक्त कला तथा पेशालाई कसरी समृद्ध गर्ने भन्नेबारेमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल हस्तकला कालिगढ महासंघले अन्तरक्रिया आयोजना गरेको हो । ललितपुरको गोदाबरीमा आयोजित अन्तरक्रियामा हस्तकला महासंघ, व्यापार संघ, बाणिज्य संघ, सरकारका प्रतिनिधि, पेशागत संघसंस्था लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हस्तकला नगरी घोषणा गरिने बताए ।

कार्यक्रममा लक्ष्मी राज्य शाक्यले पिपिपि अवधारणा हस्तकला व्यापारमा अवलम्वन गर्नुपर्ने सुझाव दिएकी थिइन् । यस्तै कालिगढलाई सम्मान गरिनुपर्ने र यस पेशालाई व्यवस्थित गर्नुपर्ने वक्ताहरुको भनाइ थियो । नेपाल हस्तकला कालिगढ़ महासंघका अध्यक्ष हरि सेन्चुरीले कार्यक्रमलाइ सम्बोधन गर्दै हस्तकलाको ब्यापार बढे पनि कालिगढ़को सम्मान बताएका थिए ।

वार्षिक एक अर्बको व्यापार भइरहेको हस्तकलालाई अझै बढाउन सकिने अध्यक्ष सेन्चुरीको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.