बीआरआई सम्मेलनमा भाग लिन तीन मन्त्री बेइजिङमा

बीआरआई सम्मेलनमा भाग लिन तीन मन्त्री बेइजिङमा

बेइजिङ : बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनअन्तर्गत विषयगत फोरममा सहभागी हुन तीनजना मन्त्री आइतबार बेइजिङ आइपुगेका छन्। बेइजिङमा वैशाख १२ देखि १४ सम्म ‘बेल्ट एन्ड रोड सहकार्य : एक उज्ज्वल साझा भविष्य’ को नारासँगै दोस्रो बीआरआई अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा भाग लिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा बेइजिङ आएका हुन्।

सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदै छिन्। चिनियाँ राष्ट्राध्यक्षको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको यो राजकीय भ्रमण हो। भ्रमणक्रममा द्विपक्षीय भेटवार्तासँगै नेपाल र चीनबीच पारवहनसम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुनेछ। सन् २०१७ को मे मा चीन र नेपालबीच चीन नेपाल बीआरआईसम्बन्धी सहकार्य सम्झौता भएको थियो।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले राष्ट्रपतिको भ्रमण र सहभागिताले बीआरआईलाई नेपालले धेरै महत्त्व दिएको बताए। उनले नेपाल चीनसँग पूर्वाधार र अर्थतन्त्रको विकास, दुई देशबीच जनस्तर सम्बन्ध सम्पर्कको विकास, पर्यटन तथा संस्कृतिको विकासका माध्यमबाट सहकार्य गरी साझा समृद्धिका लक्ष्य हासिल गर्न चाहेको बताए। राजदूत पौड्यालले पूर्वाधार, यातायात सञ्जाल, रेलमार्ग, हवाई सम्पर्क र सञ्चार सम्पर्कको विस्तारबाट सम्पर्क बढार्ई दुवै देशको हितका लागि अगाडि बढ्ने बताए।

सम्मेलन उद्घाटन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले गर्ने कार्यक्रम छख। साथै राष्ट्रपित सीले गोलमेच शिखर सम्मेलनको अध्यक्षता गर्ने बताइएको छ। बीआरआईमातहत उच्च गुणस्तरीय सहकार्य गर्ने उद्देश्यका साथ गर्न लागेको सम्मेलनमा १२ वटा विभिन्न विषयगत गोष्ठी आयोजना हुनेछन्। व्यवसायी समुदायका लागि पहिलोपटक गोष्ठी आयोजना गरिनेछ।

सन् २०१३ मा चीनका राष्ट्राध्यक्ष सीले ‘बेल्ट एन्ड रोड’ प्रस्ताव प्रस्तुत गरेयता चीनसँग संयुक्त रूपमा बेल्ट एन्ड रोड निर्माणका लागि सम्झौतामा १ सय २६ देश र २९ वटा अन्तर्राष्ट्रय संस्थाले हस्ताक्षर गरिसकेका छन्। यसको प्रभाव दिनप्रतिदिन विस्तृत हुँदै गए पनि यसमा छिमेकी भारत सहभागी छैन। सम्मेलनमा एक सय ५० देशका साथै ९० अन्तर्राष्ट्रिय संगठनबाट पाँच हजार सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.